कम्पनी दुर्घटनामा परेकी म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको अन्तिम हप्ता सम्मा हस्तान्तरण गरिने भएको छ । हिजो बसेको कार्य समितिको पहिलो बैठकले संकलित रकमलाई यसै महिनाको २६ तारिख आईतबार हस्तान्तरण गर्ने निर्णय गरेको हो । हाल सम्म उपचारार्थ कोरियाको पुसान शहर स्थित अस्पतालमा रहेकी चेली लिला रामजालीलाई हस्तान्तरण कार्यक्रमको लागि शनिबार सांझ देखि आईतबार सम्मको लागि राजधानी सउल बोलाउने तयारी भईरहेको छ ।
म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको २६ तारिख हस्तान्तरण गरिने
February 13, 2012
POST BY: Myagdi Samaj Korea थप बिबरण
म्याग्दी समाज नवौ कार्य समितिको पहिलो बैठक सम्पन्न,म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यको थालनी गर्ने निर्णय
February 12, 2012
म्याग्दी समाज समिति दक्षिण कोरिया नवौं कार्य समितिको पहिलो बैठक राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सम्पन्न भएको छ । समाजका नव नियुक्त अध्यक्ष भरत तुलाचनको अध्यक्षता र सचिव बाबुराम शर्माको संचालनमा सम्पन्न बैठकको पहिलो चरणमा नवौं कार्य समितिको सल्लाहकार सदस्यहरुको चयन गरिएको थियो । जस्मा,म्याग्दी समाज सातौं तथा आठौं कार्य समितिका अध्यक्ष नर बहादुर पुन, पुर्व सल्लाहकार तथा थसेस कोरियाका अध्यक्ष भक्त सेरचन, एनआरएन कोरियाका पुर्व अध्यक्ष तथा एन आर एन च्यारिटी टाक्स फोर्स एसियाका संयोजक बिनोद कुंवर, म्याग्देली ब्यबसायी ओम जुग्जाली र कोरियाली कम्पनीका म्याग्देली मालिक रविन छन्त्याललाई सल्लाहकारमा चयन गरको छ । त्यस्तै आजको बैठकले बरिष्ठ भलिबल खेलाडी मुक्त केसीको अध्यक्षतामा म्याग्दी समाज नवौ कार्य समिति अन्तर्गत खेलकूद समितिको चयन गरेको छ । जस्मा, अध्यक्ष- मुक्त केसी,उपाध्यक्ष-भबिन्द्र पाईजा,सचिव-अमर छन्त्याल,कोषाध्यक्ष-उदय बुढाथोकी र सदस्यहरुमा, कमल पुन,योगेन्द्र छन्त्याल,किसन सेन,श्री प्रसाद पुन,राजकुमार पुन,मोहन फगामी,भिम पुन , दुर्गा भण्डारी र मोहन फगामीलाई चयन गरिको छ ।
बैठकले म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यलाई मार्च महिना देखि शुरु गर्ने गरि आर्थिक संकलन सम्बन्धि अति महत्वपुर्ण निर्णय गरेको छ । त्यस्को अलावा म्याग्दी रनिङ कपको आयोजना र आगामी छुसकमा म्याग्दी समाज समितिको तर्फबाट हाल सम्म आयोजित चिट्ठा कार्यक्रम भन्दा बिल्कूल नयां स्वरुपको भाग्यशाली चिट्ठा कार्यक्रमको आयोजना गर्नको लागि दाबेदारी दिने निर्णय गरेको छ ।
POST BY: Myagdi Samaj Korea थप बिबरण
म्याग्देली चेली लिला रामजाली सहयोगार्थ ६५ लाख ओन भन्दा बढि संकलन गर्न सफल
February 11, 2012
म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन बिबरण अनुसार हाल सम्म करिब पैसठ्ठी लाख ओन भन्दा बढि संकलन गर्न सफल भएको छ । स्मरणिय रहोस् गत जनवरी महिनामा कोरोयामा सम्पन्न दुई वटा सांस्कृतिक कार्यक्रममा हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको माझ समाजको तर्फबाट चन्दा बक्स मार्फत करिव चौवालिस लाख ओन संकलन गरिएको थियो । कोरियामा रहेका म्याग्देलीहरुलाई न्युनतम २० हजार ओनको दरले संकलन सुरु गरिएको सहयोग बापत समेत करिव २० लाख ओन भन्दा धेरै संकलन भई सकेको छ । More picture....
म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन बिबरण अनुसार हाल सम्म करिब पैसठ्ठी लाख ओन भन्दा बढि संकलन गर्न सफल भएको छ । स्मरणिय रहोस् गत जनवरी महिनामा कोरोयामा सम्पन्न दुई वटा सांस्कृतिक कार्यक्रममा हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको माझ समाजको तर्फबाट चन्दा बक्स मार्फत करिव चौवालिस लाख ओन संकलन गरिएको थियो । कोरियामा रहेका म्याग्देलीहरुलाई न्युनतम २० हजार ओनको दरले संकलन सुरु गरिएको सहयोग बापत समेत करिव २० लाख ओन भन्दा धेरै संकलन भई सकेको छ । More picture....POST BY: Myagdi Samaj Korea थप बिबरण
फेब्रुअरी १२ तारिख म्याग्दी समाज नवौं कार्य समितिको पहिलो बैठक बस्ने
February 2, 2012
म्याग्दी समाज समिति दक्षिण कोरियाको नव गठित नवौं कार्य समितिको पहिलो बैठक आगामी हप्ताको आईतबार अर्थात फेब्रुअरी १२ तारिख आईतबारको दिन बस्ने भएको छ । कार्य समितिको पहिलो बैठकले बैठकको पहिलो चरणमा नवौ कार्य समितिको सल्लाहकार सदस्यहरु र म्याग्दी समाज खेलकूद समितिको चयन गर्ने छ भने बैठकको दोश्रो चरणमा म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यलाई छिटो भन्दा छिटो अगाडी बढाउन सकिने सम्भावित उपायहरु माथि थप छलफल गरिने छ ।
स्थान-ओईदे स्थित नमस्ते रेष्टुरेण्टको माथिल्लो तल्ला ।
मिति-२०१२ फेब्रुअरी १२ आईतबार ।
समय- दिनको १२ बजे ।
थप बिबरण
स्थान-ओईदे स्थित नमस्ते रेष्टुरेण्टको माथिल्लो तल्ला ।
मिति-२०१२ फेब्रुअरी १२ आईतबार ।
समय- दिनको १२ बजे ।
थप बिबरण
POST BY: Myagdi Samaj Korea थप बिबरण
म्याग्दी समाजका सल्लाहकार बिनोद कुंवर एन आर एन च्यारिटी टास्क फोर्सको संयोजकमा मनोनित
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित परोपकार तथा लोक कल्याणकारी कार्यदल अर्थात "च्यारिटी टास्क फोर्स"मा म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार तथा एनआरएन कोरियाका पूर्व अध्यक्ष बीनोद कुँवरलाई नियूक्त गरिएको छ । कुँवरले उक्त कार्यदल प्रमूखको रुपमा दक्षिण कोरिया,चीन तथा ताइवान क्षेत्रको च्यारिटी सम्वन्धी काम हेर्ने बुझिएको छ । सो कार्यदलले तल उल्लेखित बुँदाहरुमा आफ्नो कार्य गर्ने संघले जनाएको छ । म्याग्दी समाज समिति दक्षिण कोरिया उहांको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।POST BY: Myagdi Samaj Korea थप बिबरण
म्याग्दी समाज समिति धन्यबाद नदिइरहन कहा सक्छर ..
January 30, 2012
जन्मभुमि म्याग्दी रहि कोरियालाइ कर्म भुमि बनाउदै आएका म्याग्देलि हरुको दुख सुख बिसाउने चौतारि हो म्याग्दी समाज। यिनै म्याग्देलीहरुको सहयोगमा समाजले कोरियामा आफ्नो गतिबिधिहरु गर्दै आइरहेको छ।यस प्रदेशी भुमिमा जे जति कार्यक्रम हुन्छ सम्पुर्ण नेपालिहरुको सहयोग र बिशेषत म्याग्देलि हरुको सहयोग रहने गर्दछ। ंम्याग्दी सामाज आठौ कार्यसामिति पार गर्दै गत हप्ता देखी उल्लेख्य म्याग्देलिहरुको उपस्थितिमा नया कार्यसामिति चयन गर्दै नवौ कार्यसमितिमा प्रबेश गरेको छ।
यहा हरु आफ्नो ब्यस्तताका बाबजुत पनि उपस्थित भइ आ-आफ्नो तर्फबाट गर्नु भएको सहयोग प्रति समाज हार्दिक धन्यबाद ब्यक्त गर्दछ। साथै सो दिन समाजलाइ बिशेष सहयोग गर्नुहुने घार निवासि श्री राम बहादुर क्षत्री प्रति म्याग्दी समाज बिशेष धन्यबाद ब्यक्त गर्दछ। पछिल्ला दिनहरुमा पनि यहाहरुको सहयोगको अपेक्षा राख्दछौ।
POST BY: Myagdi Samaj Korea थप बिबरण
Subscribe to:
Posts (Atom)










![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)