दरबाङ म्याग्दी खोला जल बिद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरु लगानी गर्न आतुर

November 9, 2015



जिल्लाको पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरुले लगानी गर्ने इच्छुक रहेको बताएका छन् । ८ तारिख आईतबार धौलागिरि हाइड्रो प्रा.लिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ सहितको एक टोली र कोरियामा रहेका म्याग्देली तथा अन्य प्रवासी नेपालीहरु बिच सम्पन्न अन्तर्कृया कार्यक्रम मार्फत कोरियामा रहेका अधिकांश म्याग्देली तथा अन्य प्रवासी नेपालीहरुले लगानी गर्न सकिने बताएका हुन । अन्तर्कृया कार्यक्रम मार्फत अध्यक्ष श्रेष्ठले आयोजनाको हाल सम्मको प्रगति तथा आगामी दिनमा हुने गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहांले जिल्लामा जलविद्युतको संभावना र चुनौतीका वारेमा समेत जानकारी गराउदै यस आयोजनाको लागि सन २००९ देखि निरन्तर रुपमा लागि परेको र हाल निर्माण शुरुवाती चरणमा रहेको जानाकारी गराउनु भयो । आयोजना स्थलमा देखिएको स्थानिय वासीहरुको माग र केहि अबरोधहरुलाई वार्ताबाट समाधान गरि आयोजनालाई निर्धारित समयमै सम्पन्न गरिने समेत बताउनुभयो ।
कार्यक्रममा एनआरएन आईसीसी सदस्य एवम् म्याग्दी प्रवासी नेपाली संघ आईसीका बरिष्ठ उपाध्यक्ष विनोद कुँवरले जिल्लामा लगानी भित्राउन प्रवासी म्याग्देली सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले जिल्लामा रोजगारको सृजना भए समृद्ध म्याग्दी बन्ने भएकाले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्न समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ कोरियाका पुर्व अध्यक्ष तथा समाजका सल्लाहकार भक्त सेरचनले हाईड्रो पावरमा लगानी गर्नु सेना वा जागिरबाट अवकाश प्राप्त पछि पाईने पेन्सनकै रुपमा लिन सकिने बारेमा चर्चा गर्दै सुरक्षित लगानीको लागि बिस्वशनियताको आधार आबश्यक रहनु पर्ने बताउनु भयो ।
 जिल्लाकै  बहुचर्चित यस आयोजना बाट बार्षिक ९० करोड रुपैयाँ सम्म आम्दानीको अनुमान गरिएको छ ।दरबाङ देखि २ किलोमिटर माथी ताकम धारापानी जाने भेदीमा बाँध बाँधेर ५ किमी टनेल हुदै दरबाङ र बावियाचौरको सिमानामा अवस्थित सहश्रधारा रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाईने छ। करिव ४ सय करोडको लागत अनुमान गरिएको जलविद्युतका लागि संस्थापक शेयर खुल्ला गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP