कोरियामा रहेका म्याग्देली चेलीहरुले दर खाए

September 12, 2010

 btulachan Seoul,Korea
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको हरितालिका तीजको उपलक्ष्यमा आयोजित दरखाने कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको छ । गत साल झै यसपालि पानि कोरियामा रहेका म्याग्देली चेलीहरुको सम्मानमा  समाजको तर्फबाट  उक्त कार्यक्रमको आयोजना गरेको हो । राजधानी सउलको तोङदेमुन शहर  स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजित दरखाने कार्यक्रममा म्याग्देली तथा गैर म्याग्देली गरि ३६ जना चेलीबेटीहरुको उपस्थिति रहेको थियो भने  ६० जना जति म्याग्देली दाजुभाईहरुको  दह्रो उपस्थितिले कार्यक्रमको हललाई खचाखच पारि दिएको थियो ।
समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको बिशेस अतिथिहरुमा थसेस अध्यक्ष तथा म्याग्दी समाजका सल्लाहकार भक्त सेरचन ,म्याग्दी समाज सल्लाहकार तथा ब्यबसायी रबिन छन्त्याल, अर्का ब्यबसायी नारायण बोगटी,सल्लाहकार चिन बुदुजा, सल्लाहकार तथा ब्यबसायी ओम जुग्जाली, सल्लाहकार तथा ब्यबसायी नरेन्द्र पुर्जा हुनुहुन्थ्यो ।
राती ९ बजे देखि शुरु गरिएको दरखाने कार्यक्रमलाई अध्यक्ष नर बहादुर पुनले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएपछि  सल्लाहकार भक्त सेरचनले  उपस्थित चेलीहरुलाई आशिष दिंदै तीज पर्वको बारेमा प्रकाश पार्नु भएको थियो ।त्यस्तै  समाजका उपाध्यक्ष कर्ण जिसीले समाजको बर्तमान र भावि कार्य योजनाको बारेमा जानाकारी गराउनु भएको थियो । त्यसपछि समाजको तर्फबाट सभापति पुनले उपस्थित चेलीबेटीहरुलाई रुमाल ओढ्याएर सम्मान गर्दै दर र प्रसाद बितरण गर्नु भएको थियो । सहसचिव बाबुराम शर्माको स्वागत र सचिव भरत तुलाचनको संचालन रहेको  पहिलो चरणको कार्यक्रम बिसर्जन भए पश्चात खानपिन र नाचगान भएको थियो । जस्मा म्याग्देली  ब्यबसायी तथा सल्लाहकार रबिन छन्त्यालको कोरियन छोरा मिने छन्त्यालको नेपाली गीतमा नाचिएको नाचले थप रौनक दिन सफल भयो । कार्यक्रममा समाजको तर्फबाट बम्पर उपहारको ब्यबस्था समेत गरिएको थियो जस्मा सह सचिव बाबुराम शर्माले संचालन गर्नु भएको बम्पर उपहारको नतिजा अनुसार प्रथम पुरस्कार चिन बुदुजा ,दोश्रो पुरस्कार लक्ष्मी लामा र तेश्रो पुरस्कार कर्ण जिसीलाई परेको छ । म्याग्देली चेलीबेटीहरुको सम्मानमा आयोजित दरखाने कार्यक्रममा भएको  नाच गान र खान पिनले रातको २ बजाईदियो म्याग्देलीहरुलाई । थप तस्बिरहरु हेर्न यहां जानुस


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP