१९ तारिख आईतबार म्याग्दी समाज र खोताङ सेवा बिच प्रतिस्प्रर्धा हुने

September 14, 2010

यसै हप्ताको आईतबार लभ ईन नेपालले आयोजना गरेको लभईन प्रथम रनिङ कप भलिबल  प्रतियोगिताको छैठौ खेलमा म्याग्दी समाज र खोताङ सेवा समाज बिच प्रतिस्प्रर्धा हुने भएको छ । आयोजक संस्था लभ ईन नेपालले आईतबार गोलाप्रथा सम्पन्न गरि टाईशिट तयार गरेको हो । टाईशिट अनुसार म्याग्दी समाज र खोताङ सेवा समाज बिचको बिजयी टीम बाईमा परेको रेशुङगा युवा समूह संग दोश्रो प्रतिस्प्रर्धा गर्नु पर्ने छ ।
कोरियाको महान पर्व छुसक भन्दा ३ दिन अगाडीको आईतबारको दिन पारि आयोजना गरेको यस प्रतियोगितामा हाल सम्मकै बढि १४ टीमले सहभागिता जनाएका छन । तर कोरियाली कम्पनीहरुको ब्यस्तताले छुसक भन्दा अगाडीको आईतबार ८० % भन्दा बढि कम्पनीहरुमा काम गर्नुपर्ने बाध्यताले लभ ईन नेपालको यस पहिलो  प्रतियोगितालाई  प्रभाव पार्न सक्ने सम्भावना पनि त्यत्तिकै छ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP