म्याग्देली भलिबल टीममा नयां आशा जगाउंदै सेमि फाईनलमा स्याङजा सित हार्यो म्याग्दी

September 19, 2010

btulachan Seoul,Korea
काम..... काम..... काम.... कामै गर्न कोरिया आएको हामीहरुलाई लभ ईन नेपालले कोरियाली महान चाडको संघारमै भलिबल प्रतियोगिताको आयोजना गरेर निक्कै अप्ठ्यारोमा पारि दियो । साथै कोरियाबासी खेलप्रेमीहरुलाई पानि ।  छुसकको संघारमा आयोजना गरेको यस प्रतियोगितालाई  प्रतिकूल असर पार्न सक्ने सम्भावनालाई  त मैले केहि दिन अगाडी यसै ब्लगमा लेखेको थिएं ।
नभन्दै त्यस्तै भयो । आयोजकलाई घाटा नाफा त अर्कै ठाऊमा छ तर १४ वटा टीमले गोला ठुटेर टाईशित तयार पारिएको खेलमा २ टीमले त वाकओभर नै दिनु पर्यो । बांकी १२ टीममा पनि बिगतमा खेलेका कतिपय राम्रा खेलाडीहरुको अनुहारै देख्न पाईएन । भलिबल खेल प्रेमी दर्शकहरुको पनि एक टिहाई उपस्थित भएन । तर १२ टीमको प्रतिस्प्रर्धा भएको लभ ईन नेपालको यस प्रतियोगितालाई असफल भन्न भने मिल्दैन ।
कोरियाका कुनै पनि भलिबल प्रतियोगितामा आफ्नो सहभागितालाई नछुताएको म्याग्दी समाजले गोलाप्रथामा सहभागिता जनाए पनि प्राय: खेलाडीहरुको काम परेकोले सुरुमा त खेलाडी पुर्याउनै हम्मे हम्मे पर्यो । जेहोस खेलाडीहरुको संख्यालाई ६ पुर्याउंदै सहभागि जनाएको यस प्रतियोगितामा म्याग्देली खेलाडीहरुले नपत्याउंदो सफलता हांशिल गर्दै सेमिफाईनल सम्म पुगे  । पहिलो खेलमा खोताङ संग बिजय हांशिल गर्दै दोश्रो चरणमा प्रबेश गर्यो । दोश्रो चरणमा रेशुङगा युवा क्लबलाई समेत पछाडी पार्दै सेमिफाईनलमा पुगेकोमा स्याङजा सितको खेलमा २-१ ले पराजित हुन पुग्यो म्याग्दी । तर यसपालीको खेलले  कतिपय  म्याग्देली खेलाडीहरुले आफूमा भएको खेल क्षमता प्रर्दशन गर्ने मौका पाए । जस मध्य बिगतमा डिफेन्स खेल्दै आएका खेलाडी  भबिन्द्र पुनले शटरको  रुपमा राम्रो खेल प्रर्दशन गरे  । सायदै हिजोको खेलमा बेष्टप्लेयरको दाबेदार भबिन्द्र बाहेकका अर्को खेलाडी हुनै सक्दैन । तर आयोजक र निर्णायकले निश्चित गर्नुपर्ने बिषय हो यो । जेहोस म्याग्देली खेलाडीहरुको नयां जोश र उमंगले अर्को महिनाको १० तारिखमा स्यांङजा परिवारको आयोजनामा हुन गईरहेको खेलमा थप आशा जगाईदिएको छ । धन्यबाद हाम्रा खेलाडीहरुलाई.............

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP