नयां बर्ष २०१३ को सुखद उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै हपताको शनिबार आयोजना गर्न गईरहेको डान्स पार्टीको तयारी तिब्र रुपमा भई रहेको छ । कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु लगायत म्याग्देलीहरुका अति घनिष्ट अन्य जिल्लाका मित्रहरु सहभागि हु सक्ने पार्टीमा नेपाली, हिन्डी,कोरियन गीतहरु बजाईने छ । आकर्षक साउण्ड सिष्टम र लाईटिङहरुको सम्पूर्ण तयारी पूरा भई सकेको छ । प्रति टिकट २० हजार वन तोकिएको उक्त कार्यक्रममा राती ११:३० बजे पछि मूल गेट बन्द गरिने हुनाले सहभागि हुनको लागि ११:०० भित्र रेष्टुरेण्ट प्रबेष गरि सक्नु पर्ने छ । टिकट बापत, खाना र कुनै १ ड्रिङसको ब्यबस्था गरिएको छ । थप परिकार चाहाने ईच्छुक महानुभावहरुले स्व ईच्छाले अर्डर गर्न सक्नु हुने छ ।