म्याग्दी रनिङ कपको टाईशीट २९ तारिख आईतबार तयार हुने

May 24, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्दी रनिङ कप २०११ को टाईशीटको लागि गोलाप्रथा मे महिनाको २९ तारिख आईतबार एम टि यु को कार्यालय सदेमुनमा सम्पन्न हुने भएको छ । दिनको ३ बजे सम्पन्न हुने गोलाप्रथा कार्यक्रममा सहभागि हुन कोरियामा रहेका संघ सस्थाका प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गरिएको छ । म्याग्दी रनिङ कपमा सहभागि हुन चाहाने प्रत्यक टीमले प्रति टीम (१५०,०००) एक लाख पचास हजार ओन सहभागि शुल्क स्वरुप दाखिला गर्नु पर्ने छ । तर एउटै टीमको नामबाट ए र बी सहभागि हुने भएमा सहभागि शुल्क स्वरुप जम्मा २५०,००० दुईलाख पचास हजार ओन मात्र दाखिला गर्नु पर्नेछ । थप बिबरण...........
म्याग्दी रनिङ कपमा सहभागि हुने प्रत्यक टीमले टाईशीट तयार गर्दा खेलाडीको नामावलि अनिबार्य नभएता पनि एउटै नामको ए र बी टीमबाट भने ए वा बी मध्य कुनै एक टीममा आबश्यक ९ जना खेलाडीको नामावलि प्रष्ट रुपमा दर्ता गराए मात्र गोलाप्रथा कार्यक्रममा सहभागि हुन पाईने छ ।

स्थान:एम टि युको कार्यालय सदेमुन।
मिति:२०११ मे २९ तारिख आईतबार ।
समय: दिनको ३ बजे ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP