यस्तो छ म्याग्दी अस्पतालको बास्तबिकता, पूरा गर्नै पर्छ हाम्रो प्रतिबद्दता !

May 23, 2011

शल्यक्रिया गरेका बिरामी खुला आकाशमुनि
(कान्तिपूर अनलाईनमा घनश्याम खडकाले लेख्नु भएको रिपोर्ट जस्ताको तस्तै)  म्याग्दी, जेष्ठ ९ - जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि शल्यक्रिया गरेका बिरामी खुला आकाशमुनि पेटीमा रात काट्न बाध्य भएका छन् । १५ शय्या क्षमताको उक्त अस्पतालमा १ सय ५८ जना बिरामी र उत्तिकै संख्यामा कुरुवा थपिएपछि अस्पतालको हल, प्यासेज, पेटी र रूख मुनि समेत बिरामी राखेर उपचार गराउनुपरेको अस्पतालले जनाएको छ । थप बिबरण.........
 म्याग्दी अस्पतालमा सञ्चालित शिविरमा पाठेघरको अप्रेसन गरिएका बिरामीलाई राख्ने ठाउँ नहुँदा यसरी अस्पताल भवनको बाहिर पेटी र रूखमुनि राखिएको हो । आइतबार बिहान ६ बजे संवाददाता अस्पताल पुग्दा करिब ७० जना पाठेघरको शल्यक्रिया गरेका बिरामी अस्पतालको पेटीमा कम्बल, ब्ल्यांकेट र सिरकमा गुटमुटिएर सुतिरहेका थिए ।  
'हिजो बिहानै शल्यक्रिया भएको तर भित्र सुत्ने ठाउँ नभएर पाल ओछ्याएर रातभर यहीं सुतियो,' पिप्ले २ की टीकावती मल्लले बताइन् । बिरामी महिलाको यस्तो भीड आजमात्र लागेको होइन । हरेक दिन उस्तै हुन्छ । बिरामीको चाप उस्तै रहे शिविर मंगलबारसम्म लम्ब्याइने आयोजकले बताएका छन् । शिक्षण अस्पताल महाराजगन्जका प्रोफेसर डा. पदमराज पन्तको नेतृत्वमा विनायक अस्पताल काठमाडौं र जिल्ला अस्पतालले आङ खसेका महिलाको पाठेघर शल्यक्रिया शिविर आयोजना गरेका हुन् । दुर्गम क्षेत्रमा पुगी आङ खसेका महिलाको पाठेघरको शल्यक्रिया गरेबापत स्वास्थ्य मन्त्रालयले विनायक अस्पताललाई प्रतिबिरामी २० हजार दिने गर्छ । शिविरमा शनिबारसम्म झन्डै एक हजार बिरामीको पाठेघर तथा यौन रोगको परीक्षण तथा १ सय ५८ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा बिरामीले ओढ्ने/ ओछ्याउनेबाहेक अन्य शुल्क लाग्दैन । जिल्ला अस्पतालका डा. लालबहादुर मल्लका अनुसार अझै ग्रामीण भेगका ६० प्रतिशत महिलामा पाठेघर सम्बन्धी समस्या छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP