बिरामी केशव घर्ती मगर सहयोगार्थ आर्थिक सहयोगको लागि कोरियामा रहेका म्याग्देलीहरुमा हार्दिक अनुरोध

March 22, 2013

कोरियामा रहेका म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरु !
गत ९ महिना अगाडी  ईपिएस भिषा मार्फत कोरिया आएको पांच महिना नबित्दै क्षय रोगले ग्रष्ट भई हड्डी तथा फोक्सोमा देखिएको गम्भीर समस्याको कारण  गत ४ महिना देखि लगातार उपचार गराई रहेका  म्याग्दी  छिस्बाङका केशव घर्ती मगरको स्वास्थ्य स्थिति बारे प्रायः सबैलाई जानाकारी भई सकेको हुनु पर्दछ । हाल उनी नयां जीवनको शुरुवात संगै थप उपचारको लागि राजधानी सउलको बुल्ग्वाङडोङ स्थित सबुक अस्पतालमा रहेका छन । जीबन मरणको दोसांधमा रहेका उनको जीवन बचाउदै  यो अबस्था सम्म ल्याई पुर्याउन म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट खेलिएको भूमिकाको मुल्यांकन गर्ने जिम्मा यहांहरुको ।   सायदै, उनको आगामी छ महिना सम्म गरिने थप उपचार पश्चात  स्वस्थ भई उनी  सुन्दर भबिष्यको सपना पूरा गर्न  पुनः काममा फर्कने छन ।  यसै सन्दर्भमा,   म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट  यहांहरु समक्ष बिशेष अनुरोध सहित
 बिगत देखि बर्तमान , आगामी दिनहरुको थप उपचार र आबश्यक सहयोगको बारेमा  स्पष्ट पार्न चाहान्छौं ।
यसरी शुरु भयो उपचार
गत नोभेम्बर महिनामा मिनारी फार्मबाट उद्दार गरि सउल ल्याए पछि  हिंडडुल गर्न नसक्ने अबस्था रहेको उलनाई साधारण ढाडको रोग हुन सक्ने र केहि आराम गरे पुनः काममा जान सक्ने  सोचाई राख्दै  श्रम मन्त्रालयको लेबर कन्ट्याक्ट बिभागमा गई ३ महिने भिषा अबधि सहितको अनुमति पत्र लिएर करिव दुई हप्ता आराम गर्न लगाईयो , तर उनको अबस्थामा  सुधार देखिनुको साटो छातीमा मासुको डल्लो देखा पर्दै दिन प्रतिदिन बढ्न थाल्यो,  उनको रोग पत्ता लगाई उपचार गर्नु पर्ने निचोड निकाल्दै शुरुमा तोङदेमुन स्थित नेश्नल उईरोवन अस्पतालमा एक्स रे लगायतको चेकअप गराईयो । तर अस्पतालले सम्स्या गम्भीर (सरुवा रोग) हुन सक्ने आशंका गर्दै अन्य अस्पताल लैजान गरेको आग्रह अनुसार सामसङ अस्पतालमा पुर्याईयो, सामसङ अस्पतालले  लिन मानेन, उनको ईन्स्युरेन्स कम्पनीमा समेत ज्वाईन नभएकोले ३८०,००० वन तिरेर  ईन्स्युरेन्स बनाईयो । कुनै असपतालले भर्ना लिन नमाने पश्चात तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा पाहुना बेहोस भएर ढलेको बहाना बनाई कोरिया युनिभर्सिटी अस्पतालको एम्बुलेन्स बोलाएर आकस्मिक कक्ष हुंदै  कोरिया उक्त असपतालमा भर्ना गरियो ।  अस्पतालमा शरीरका सबै अंगहरुको चेकअप भयो । उनलाई क्षयरोग लागेको पत्ता लाग्यो । अन्य बिरामी संगै राख्न नमिल्ने भएकोले सिंगल बेड प्रति दिन १५० डलरमा अर्डर भयो भने खानाको ब्यबस्था नमस्ते रेष्टुरेण्टका संचालक श्री लक्षुमण बोगटी ज्युले आफ्नै रेष्टुरेण्टबाट दैनिक रुपमा निःशुल्क उपलब्ध गराई दिनु भयो । करिव १५ दिन पश्चात अस्पतालले लामो समय रहनु पर्ने भएकोले अति महंगो पर्न जाने भन्दै  कोरिया युनिभर्सिटी अस्पताल कै कन्ट्याक्टमा कुष्ठ रोगीहरुलाई राखिने बुल्गवाङ डोङ स्थित सबुक अस्पतालमा ट्रान्सफर गरिदियो ।  उक्त अस्पतालमा रहेको करिव १ महिना पश्चात अबस्था नाजुक हुंदै गएको हड्डी कुहिंदै गएकोले कुनै पनि बेला ज्यान जान सक्ने भएकोले जतिसक्दो चांडो हड्डी सम्बन्धि अस्पतालमा लैजान सबुक अस्पतालले आग्रह गर्यो । त्यसकारण हड्डी सम्बन्धि अस्पतालको खोजिनिति गर्दै  जनवरी २७ तारिख दोङदेमुन स्थित नेश्नल उईरोवन अस्पतालको अति डरलाग्दो कक्षमा (जहां अन्तिम अबस्थाका बिरामीहरुलाई राखिन्छ ) सारियो । जहां उपचार शुरु गर्दा नेपालमा रहेका आमा बाबाको समेत सहमति स्वरुपको हस्ताक्षर बुझाउनु परेको  थियो । १ % मात्र बांच्न सक्ने आशामा शुरु गरिएको उपचारको करिव १ महिना पश्चात बिस्तारै अबस्थामा सुधार आयो । हड्डीको समस्यामा सुधार आए पश्चात उनको अनुहारमा एकाएक परिवर्तन आयो  र करिव १ महिना पश्चात फेब्रुअरी २२ मा पुन बुल्ग्वाङडोङ स्थित सबुक अस्पतालमा सारियो । हाल फोक्सो सम्बन्धि समस्या रहेकोले अझ ६ महिना लगातार अस्पताल रहनु पर्ने अस्पताल श्रोट बताउछ ।  यस कार्यमा नमस्ते रेष्टुरेण्टका संचालक श्री लक्षुमण बोगटी ज्युको ठूलो सहयोग रहेको छ भने पछिल्लो दिनहरुमा लगातार  एक जना कोरियन सहयोगी दाईले हदै सम्मको सहयोग गरि रहनु भएको छ ।
हाल सम्मको खर्च बिबरण
१. सुरुमा नेश्नल उईरोवन अस्पतालमा एक्स रे लगायतको चेकअप खर्च- १००,००० वन
२. ईन्स्युरेन्स ज्वाईन खर्च - ३८०,००० वन
२.कोरिया युनिभर्सिटी अस्पतालको बील १५,००,००० वन
३. बुल्ग्वाङ डोङ स्थित सबुक अस्पतालको बील १०,००,००० वन
४. हड्डी सपोर्टर निर्माण खर्च -३८०,००० वन
५. नेश्नल उईरोवन अस्पतालको १ महिना उपचार खर्च ७०,००,००० लाख ओन बील आएकोमा
   ईन्स्युरेन्सबाट मिनाह कटाएर १४००,००० वन
६.बुलग्वाङडोङ स्थित सबुक अस्पतालमा अबोप्रान्त प्रति महिनाको बील भुक्तान गर्नु पर्ने भएको र देखिने बीललाई केहि प्रतिशत मिनाह बनाउन पुनः ईन्स्युरेन्स रिन्यु गर्नको लागि  यसै हप्ताको शुक्रबार सम्म तिर्नु पर्ने रकम ८०,००० वन । माथि देखिन आएको अस्पतालको सम्पूर्ण बील भूक्तान  भई सकेता पनि भुक्तान गरेको रकम  सलनालमा संकलित  १६००,०००   बाहेक अन्य रकम ब्यक्तिगत रुपमा जोहो गरिएको जानाकारी गराउन चाहान्छु ।
केहि कमाउने सपना बोकेर यो प्रवासी भूमिमा आई पुगेता पनि भाग्यले ठग्यो भने कस्को के लाग्छ र ? जे होस यो प्रवासी भूमिमा जीबन मरणबाट दोसांधबाट  एक जना म्याग्देली भाईको जीवन बचाउन हामी सफल भएका छौं ।  तर बिरामीको अबस्थालाई यहां सम्म ल्याई पुर्याउन र थप उपचारको लागि समाजलाई ठूलो आर्थिक भार परि रहेको जानाकारी समेत गराउन चाहान्छौं । गत सलनालको दुईवटै सांस्कृतिक कार्यक्रममा उपस्थित हजारौ प्रवासी नेपालीहरु मांझ हामीले सहयोगको अनुरोध गर्दै हात थाप्यौं । जहां १६००,००० वन संकलन भएको थियो  । जस्मा नेपाल मगर संघ गणतन्त्र कोरियाका पदाधिकारी ज्युहरुले समेत सहकार्य गरि ठूलो सहयोग पुर्याउनु भएको छ ।  समाजलाई पर्न गएको यस अप्ठयारो परिस्थितिलाई समाधान गर्न कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई पुकार्नु बाहेकको बिकल्प अरु के नै हुन सक्छ र ? त्यसकारण, केशव घर्ती मगर आर्थिक  सहयोगार्थ म्याग्दी समाज कोरिया ब्लगमा राखिएको बैंक खाता नम्बरमा स्वईच्छाले सहयोग रकम पठाई सहयोग गरिदुनु हुन हार्दिक अनुरोध छ । साथै आफ्नो सहयोग रकम सहितको  नामावलि बिबरण हेर्न म्याग्दी समाज समाज समिति दक्षिण कोरियाको आफ्नै ब्लग www.myagdisamaaj.blogspot.com मा भ्रमण गर्नु हुन समेत हार्दिक अनुरोध छ ।


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP