म्याग्दी समाज समिति दक्षिण कोरियाले साधारण सभाको आयोजना गर्ने ।

January 12, 2009

भरत तुलाचन, सउल कोरिया ।

कोरियाको दोश्रो महान् पर्व सलनालको पहिलो दिन जनवरी २५ तारिख म्याग्दी समाज समिति दक्षिण कोरिया सातौं कार्य समितिको प्रथम साधारण सभाको आयोजना हुने भएको छ । सउल तोङ्देमुन स्थित नमस्ते रेष्टुरेण्टको सभाकक्षमा दिनको ५ बजेबाट शुरु हुने साधारण सभामा कार्य समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुको साथै भाविकार्य योजना सम्बन्धि बृहत छलफल गरिने कुरा समाजका अध्यक्ष नर बहादुर पुनले आज जानाकारी दिनु भएको छ । साथै साधारण सभा सफलताका साथ सम्पन्न बनाउन कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP