ब्यवसायी बिनोद कुंवरबाट म्याग्दी समाजलाई बिशेष सहयोग

May 14, 2009

भरत तुलाचन,सउल
कोरियाली भूमिमा सफल ब्यबसायीको रुपमा चिनिनु हुने म्याग्देली युवा तथा म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार श्री बिनोद कुंवरले समाजको आयोजनामा हुन गईरहेको म्याग्दी कप २००९ को लागि म्याग्दी टीमलाई आवश्यक जर्सी सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । उक्त जर्सी सउल चोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा म्याग्दी टीम क्याप्टेन राम खड्कालाई हस्तान्तरण गर्नु भएको हो । स्मरणिय रहोस् बिगत बर्षको आयोजनामा अर्का म्याग्देली सफल ब्यबसायी लक्षुमण बोगटीले समाजलाई खेलाडीहरुको लागि आबश्यक जर्सी उपलब्ध गराउनु भएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP