किशन पुनको घर परिवारबाट धन्यबाद ज्ञापन

July 8, 2009

घुंडाको उपचारार्थ लामो समय देखि राजधानी सउल स्थित नेश्नल मेडिकल सेन्टरमा रहनु भएका म्याग्दी समाजका भुपु सदस्य तथा म्याग्देली युवा किशन तिलिजा पुन पु्र्ण स्वास्थ्य लाभ पश्चात अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । करिब १ महिनाको अस्पताल बसाईको क्रममा जम्मा उपचार खर्च ७२ लाख मध्य ९५ प्रतिशत अर्थात ६५ लाख ओन ईन्सुरेन्स ग्रुपबाट सहयोग उपलब्ध भएको छ । हाल उहां मुन्जङ डोङ स्थित साथीहरुको कोठामा आराम गरि बस्नु भएको छ ।
यस्तै, नेपालमा रहनु भएका किशन पुनको घर परिवार तथा आफन्तको तर्फबाट म्याग्दी समाज कोरिया ब्लगमा लेखिएको शन्देश मार्फत प्रवासी भूमिमा रहेका किशन पुनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने संस्था, ईष्टमित्र र साथी भाई तथा सम्पूर्ण प्रवासीहरुमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP