अर्का खेलाडी कमलेश थापा काठमाडौमा, कोरियामा म्याग्देलीहरु नै बेखबर

July 31, 2009

बिगत ७ बर्ष देखि यहां कार्यरत म्याग्देली कुशल खेलाडी कमलेश थापा अध्यागमण बिभागको छापामा परि स्वदेश फिर्ता भईसक्नु भएको छ । म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोकाले एक हप्ता पछि मात्र जानाकारी पाए पछि म्याग्दी समाज कोरिया ब्लगलाई तुरुन्त जानाकारी दिनु भएको थियो । कम्लेश थापा राजधानी सउल नजिक धक्केरी भन्ने स्थानमा एक टेक्सटाईल कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । भुपु अध्यक्ष बिरु रोकाको अनुसार गत बिहिबार उईजङबु पोच्छन एरियामा कार्यरत म्याग्देली नृत्यकार सिमा पुन पनि एक कम्पनीमा कार्यरत अबस्थामै छापामा पर्नु भएको खबर प्राप्त भएको छ । हाल कोरियामा अबैध बिदेशी मजदूरहरु हटाउने अभियान अन्तर्रगत माबव रुपी शिकारीहरुको परिचालनलाई तिब्र पारेको छ । स्मरणिय रहोस, आफ्नै देशको नागरिकहरु जापान लगायतका देशमा पचासौं हजार अबैध रुपमा कार्यरत छन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP