भोलि सांझ अर्थात अगष्ट २ तारिख आईतबार सांझ छ बजे म्याग्दी समाज समिति दक्षिण कोरियाको बृहत भेलाको लागि मिति तय भएको छ । आज शनिबार सांझ बसेको म्याग्दी समाज कार्य समितिको बिसेस बैठकले भोलि आईतबार बृहत् भेला हुनु पर्ने निर्क्यौल गरेको हो । अध्यक्ष नर बहादुर पुनज्युको ब्यस्तताको कारण आजको बैठक म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवालको अध्यक्षतामा बसेको थियो । बैठकले भोलिको बृहत भेलामा यसै सुचनालाई आधार मानि लुम्बिनी रेष्टुरेण्ट सउल तोङदेमुनमा उपस्थिति हुन काकास लगायत कोरियामा कार्यरत म्याग्देली प्रवासीहरुमा हार्दिक अनुरोध गरेको छ ।