म्याग्देली भलिबल टीमको हार्दिक आव्हान्

August 1, 2009

नारायण बरुवाल, राम खड्का दक्षिण कोरिया ।
बाग्लुङ सम्पर्क समितिले आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेलमा म्याग्देली टीमले फुटेर होईन जुटेर कडा प्रतिस्प्रर्धा गर्ने छ ।
बिगत बर्ष देखि म्याग्दी समाज टीमले कोरियाको भलिबल आयोजनाहरुमा प्राय: सफलता हांशिल गर्दै आईरहेको अबस्थामा बिगतका केहि बाध्यता,ब्यस्तता र धरपकड जस्ता समस्याहरुले सम्पूर्ण म्याग्देलीहरुलाई नैराश्यता उत्पन्न भएको हामीले महसुस गरेका छौ । अब आगामी दिनहरुमा म्याग्देली भलिबल खेलमा ह्रास आउन नदिन र बिगतमा झै एकजूट भएर अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दछौं। त्यसैले यसै महिनाको १६ तारिख बाग्लुङ परिवारको आयोजना रहेको प्रतियोगितामा खेलाडीहरुलाई थप हौशला बढाई सहयोग गरिदिनु हुन सम्पूर्ण आदरणिय म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुमा सहयोगको लागि आव्हान गर्दछौ।
अन्तमा तपाईहरुको सल्लाह,सुझाव र हौशला बिना खेलाडी अगाडि बढ्न नसक्ने भएको ले -बेजोड- हुटिङको आशा गर्दछौं। धन्यबाद !

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP