गत केहि दिन अगाडि म्याग्दीमा स्वाईन फ्लुको आशंका भन्ने खबरहरु लगातार प्रकाशन भई रहंदा धेरैलाई चिन्तित बनायो । त्यस्तै बेनी बजारकै एक बिधालयका एक जना बिधार्थीमा स्वाईन फ्लु पुष्टि भएको समाचार बेनी अनलाईन लगायतका अनलाईन समाचार साईटहरुमा लेखियो । त्यस्को कौतुहलता मेट्न हिजो बेनी बजारका केही बिधालयहरुमा फोन सम्पर्क गरि सोधिएकोमा एक निजी बिधालयका एक जनामा रहेको पुष्टि भएको भनिएता पनि उक्त समाचार गलत भएको दावी गरिएको छ ।