म्याग्दीमा अनुमति बिना मेलाजात्राहरु आयोजना गर्न नपाईने

February 26, 2010

आपराधिक घटनाहरु नियन्त्रण गर्न म्याग्दी जिल्लामा स्थानीय प्रशासनले अनुमती बिना मेला जात्रा आयोजना गर्न रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक सूचना प्रकाशन गरि मेला जात्रा आयोजना गर्न प्रशासनको अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको हो ।
मेलाजात्रामा आवेगमा हुने कुटपीट र हत्याका घटनाहरु जिल्लाको सुरक्षा स्थितीमा प्रमुख चुनौती बनेपछि जिल्लामा नयाँ किसिमको सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । मेला जात्राहरुमा स्थानीय यूवाहरुबिच झै-झगडा हुने कुटपिटका घटनाहरु हुने र मान्छेनै मारिने कि्रयाकलाप बढेकाले मेला आयोजकले प्रसाशनको अनुमती लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको प्रजिअ भण्डारीले बताउनु भएको छ ।
लामो समय सम्म आयोजना गरिने मेलाका कारण शान्ति सुरक्षाको स्थितीमा समस्या आएको छु प्रहरी नायव उपरिक्षक लोकेन्द्र मल्लले भन्नुभयो ‘सुरक्षाका हिसावले असुरक्षीत मेला रोक्न नयाँ योजनाका लागू गरेका हौ ।’ १/२ दिनका लागि आयोजना हुने धार्मीक र परम्परागत मेला तथा राजनितिक भेला सम्मेलन बाहेकका अन्य कार्यक्रम रोकीने उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ६४/६५ मा ४ ६५/६६ मा ८ वटा हत्याका घटना भएको म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको सोमबारसम्म ६ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले जनाएको छ । सुरक्षा अधिकारीहरुका अनुसार गत वर्षको हत्याका घटना अन्य कारणसँग जोडीएका थिए तर यस वर्षका हत्याका प्रकृतिहरु फेरीएका छन् । अधिकारीहरुका अनुसार आपराधीक घटनाको कारण फेरीएकाले स्थानीय तहमा नयाँ सुरक्षा नीती ल्याइएको हो ।
माघ दोस्रो हप्ता घाराको खिबाङमा आयोजना गरिएको श्रीपाचमी मेलामा नारच्याङका गोरे पुनको छुरा प्रहारबाट दानाका बिर्जु पाईजाको मृत्यु भएको थियो । त्यसैगरी शुक्रबार राती ओखरबोटको चिउरीबोटमा आयोजना गरिएको मेलामा पनि बागलुङ लामेलाका १९ वर्षिय नारायण छन्त्यालको कुटपीटबाट मृत्यु भएको थियो ।
त्यस्तै गरी माघको पहिलो हप्ता बेगको बादुकमा पनि स्थानीय दिपक पाईजाले आवेगमा चिर्पट प्रहार गर्दा अम्मर बहादुर पुर्जाको मृत्यु भएको थियो । पछिल्लो पटकका दुवै घटना आवेगका कारण भएको प्रहरीले ठहर गरेको छ ।
एक दुई दिन भनेर आयोजना गरिने तर ८/१० दिन सम्म साचालन हुने मेलाहरुका लागि सुरक्षाकर्मी परिचालन गर्नुपरेकाले अन्य आपराधीक घटना नियन्त्रण गर्न समस्या परेको सुरक्षा अधिकारीहरुले बताएका छन् । मेलाहरुका कारण लागूऔषध दुब्र्यसनी लुटपाट जस्ता अपराध नियन्त्रण गर्न समस्या परेको उनीहरुको भनाई छ । (बेनी अनलाईन)

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP