म्याग्दी समाज आठौ कार्य समितिको पहिलो बैठक सम्पन्न

February 22, 2010

म्याग्दी समाज समिति दक्षिण कोरिया आठौ कार्य समितिको पहिलो बैठक हिंजो आईतबार राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा नव कार्य समितिका ९०% सदस्यहरुको उपस्थितिरहेको थयो । बैठकले आगामी मे महिनाको ३० तारिखको दिन प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने , आगामी अप्रिल महिनाको पहिलो शनिबार म्याग्देली खेलाडीहरुको सम्मान कार्यक्रमको मिति निर्धारण लगायतका अन्य महत्वपुर्ण निर्णयहरु गरेको छ ।  हिजो भएको पहिलो बैठकको निर्णयहरु मध्य कार्य समितिहरुको बैठकमा उपस्थिति सम्बन्धि रहेको छ । जस्मा आगामी दिनहरुमा समितिको नियमित बैठकमा नव गठित कार्य समितिका कुनैपनि सदस्य बैठकको सुचना पाएर पनि (कम्पनीमा काम भएमा लागू नहुने तर जानाकारी दिनु पर्ने ) बिना जानाकारी  लगातार २ पटक बैठकमा अनुपस्थित रहेमा एकमुष्ठ १०,००० ओन जरिवाना तिर्नु पर्ने भएको छ । साथै हरेक बैठकहरु दिनको १२:३० बजे देखि शुरु हुनेगरि १ बजे भन्दा ढिलो उपस्थिति हुने कुनैपनि सदस्यले ५,००० ओन जरिवाना तिर्नु पर्ने भएको छ । उक्त संकलित रकमबाट सोही दिनको  चिया खर्चमा खर्च गरिने छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP