आगामी सलनाल पर्वमा म्याग्दी समाजले कार्यक्रम गर्न पाउने लगभग निश्चित

March 7, 2010

स्थलगत रिपोर्ट,
भरत तुलाचन सउल, कोरिया
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सल्नाल पर्व अर्थात २०११ सालको फेब्रुअरी महिनामा पर्ने कोरियाली महान् पर्व सलनालमा नेपालबाट ख्याति प्राप्त कलाकारहरु बोलाई सांस्कृतिक कार्यक्रमको आयोजना  गर्न पाउने लगभग निश्चित भएको छ । आज एन सि सीको बैठकमा उपस्थित कोरियामा कृयाशिल संघ संस्थाहरुको उपस्थति र कार्यक्रमको आयोजना गर्न पाउने दाबेदारको लागि दिएको उम्मेद्दवारीको छनोट प्रकृयाले उक्त निश्चितता देखाएको हो ।
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी छुसक पर्व सेप्टेम्बर महिनामा कार्यक्रमको आयोजना  गर्न पाउने दाबेदारीका साथ  थुप्रै  म्याग्देली कार्यकर्ताहरुलाई लिएर कार्यक्रम स्थल पुगेता पनि एन सि सी को सहमति पत्र  अनुरुप अगाडी आउन भने सकेन । किनकी  सहमति पत्रमा उल्यखित प्राब्धान अनुसार बिगतमा कार्यक्रम गरेको र स्थापना मितिको आधारमा दाबेदार सहितको उम्मेद्दवारीले तेश्रो स्थानमा देखिएकोले आगामी छुसकको दुई वटा कार्यक्रमको लागि अनुपयुक्त देखिन आयो । त्यसकारण म्याग्दी समाजले गोला प्रथाबाट कार्यक्रम हात पार्ने भाग्याशाली उपाय भन्दा आगामी सलनाल पर्वको सहमतिय आधारमा आफ्नो अग्र स्थानलाई सुरक्षित बनाउनु पर्नेमा जोड दिंदै यसपालिको उम्मेद्दवारी फिर्ता लिदै सहमतिमा जानु  परेको थियो । आगामी सलनाल पर्वको कार्यक्रम छनोट प्रकृयामा म्याग्दी समाज समितिको यसपालिको यस निर्णयले पुन: दाबेदार संघ संस्थाहरुलाई गोलाप्रथा नभई लाजकाज सहमतिय आधारमा नै ल्याउने करिव पक्का छ । 
स्मरणिय रहोस, आज आयोजित कार्यक्रममा कार्यक्रम गर्न पाउनु पर्दछ भन्दै उम्मेद्दवारी दिने संस्था ७ र भाग्यशाली चिठ्ठाको लगि १ गरि जम्मा ८ संस्थाहरु रहेका थिए । निर्णायक मण्डलले म्याग्दी समाजलाई तेश्रो दाबेदारी निर्धारण गरेको थियो । आगामी छुसकमा खोताङ समाज र आपत् कालिन समाजले दुई कार्यक्रमको आयोजना गर्ने छन ।
म्याग्दी समाजले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार स्थित जिल्ला अस्पतालको सहयोगार्थ आयोजना गरिने उक्त कार्यक्रमको आयोजना पुर्व अन्य आयमुलक कार्यक्रमहरुको समेत आयोजना गर्दै जाने बताईन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP