म्याग्दी समाजले आगामी छुसकमा कार्यक्रम गर्न पाउनै पर्छ

March 6, 2010

भरत तुलाचन,सउल,कोरिया
भोलि ७ तारिख अर्थात मार्च महिनाको पहिलो आईतबार नेपाल सम्पर्क समिति दक्षिण कोरियाले आगामी छुसक पर्वमा नेपालबाट कलाकार ल्याई कुन संस्थाले कार्यक्रम गर्ने भन्ने निर्क्योल गर्न  उम्मेद्दवारी दर्ताको  लागि कोरियामा कृयाशिल प्राय: सबै संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि सुचना जारि गरेको छ । गत सालमा झै यसपालि पनि दर्जनौ संघ संस्थाहरुले कार्यक्रम गर्न पाउनु पर्ने दाबी गर्ने लगभग निश्चित छ । जस्मा म्याग्दी समाज सिमिति दक्षिण कोरियाले पनि आफ्नो दाबेदारी दिनेछ ।
एन सिसीले तयार गरेको नियम अनुसार छुसक वा सलनालमा सांस्कृतिक कार्यक्रमको आयोजना  गर्नको लागि संस्था स्थापना भएको  ३ बर्ष र कार्यक्रम आयोजना गरेको ३ बर्ष नाघेको हुनुपर्ने भन्ने छ ।  कोरियाली भूमिमा १३ बर्ष अगाडी स्थापना भएको म्याग्दी समाज भन्दा पुरानो संस्थाहरु खोज्नेहो भने सायदै बिरलै छन भन्दा हुन्छ । केहि भएका संस्थाहरुले पनि बिगत ६ बर्ष यता कार्यक्रमको आयोजना गरि सकेका छन । कतिले त पटकौं गरि सकेको रेकर्ड छ । त्यसकारण, भोलिको दाबेदारीमा म्याग्दी समाजनै पहिलो नम्बरमा पर्नु पर्दछ भन्ने मान्यता म्याग्दी समाज राख्दछ । उता यसै बर्ष म्याग्दी समाजले म्याग्दी अस्पताल सहयोगको लागि गरेको बाचा अनुरुप  म्याग्दी कोरिया सम्पर्क समिति र म्या्ग्दी अस्पतालको तर्फबाट अस्पताललाई आबश्यक बिबिध सामग्रीहरु र ईमर्जन्सी रुमको सर्भे लिष्ट तयार गरि पठाई सकेको अबस्था छ । त्यसकारण भोलिको एन सिसीको कार्यक्रममा पुगि आफ्नो दाबेदारीलाई सफल बनाउंदै  कोरियाको महान् पर्व छुसकमा गरिने  कार्यक्रमको आयोजनालाई भब्य रुपमा सफल पारि आर्जित रकमले म्याग्दी अस्पताललाई सहयोग गर्ने जिम्मेवारी कोरियामा रहेका सम्पुर्ण म्याग्देलीहरु माथि आईपरेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP