खाराक सिजाङमा पुन: छापा, म्याग्देलीहरु समेत परेको अनुमान

March 3, 2010

Report by btulachan,seoul  chhegidong
करिव तीन महिना अगाडि मुन्जङ प्रवासी क्लवका प्राय: सबै कार्यकर्ताहरुलाई राजधानी सउल स्थित एक मासु कम्पनीमा छापामा पारि मुन्जङ प्रवासी क्लवको नाम निशाननै निमोठी दिएको कोरियाली अध्यागमणका मानव शिकारीहरुले ३ महिना पश्चात पुन: आज छापा मारेको समाचार प्राप्त भएको छ । दिउंसो अचानक छापा मार्दा  ८ जना नेपालीहरु परेकोमा म्याग्दी शिख घर भएका २ जना म्याग्देली रहेको जानाकारीमा आएको छ ।
म्याग्दी समाजका अध्यक्ष भने कम्पनीकै कामको सिलसिलामा बाहिर जानु भएकोले धरपकडबाट बाल बाल बच्नु भएको जानाकारी प्राप्त भएको छ । सांझ ८ बजे तिर समाजका अध्यक्ष नर बहादुर पुन ज्युसंग फोन सम्पर्क गर्दा फोनमा स्पष्ट कुरा खुल्न सकेन । बिगतमा छापा मार्दा कम्पनी मालिकले नै अध्यागमणमा पोल पारेको खुलाशा भएपनि यो चोटी पुन: पोल पारिएको  आशंका गरिएको छ । तर पोल कस्ले पार्यो सत्य तथ्य बाहिर आई सकेको छैन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP