म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरले १३ जनाको खेलाडी टोली भक्तपुर पठायो

March 2, 2010

सायद यहांहरुलाई अबगत नहुन सक्छ , बिगत दुई महिना अगाडी म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकमा म्याग्दी समाज खेलकूद समितिका अध्यक्ष झलक आचार्य ज्युले -म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरलाई सहयोग - शिर्षकको प्रस्ताव राख्नु भएपछि उक्त दिनको बैठकले सो प्रस्तावलाई सहश्र स्वागतका  साथ पारित गर्दै म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरलाई सहयोग स्वरुप २३१,००० ओन अर्थात नेरु १५,०००  ( सटाईमा केहि घटबढ हुन सक्ने ) पठाईएको थियो ।
उक्त म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरबाट राष्टिय भलिबल प्रतियोगितामा भाग लिनको लागि आज बेनीबाट राजधानी स्थित भक्तपुर तर्फ लागेको खबर बेनी अनलाईनबाट प्राप्त भएको  छ । म्याग्दीमा म्याग्दी जिल्ला खेलकूद बिकास समितिको नव कार्य समिति चयनको नयां खबर संगै लेखिएको यस हरफलाई यहां साभार गरिएको छ ।
हेर्नुस समाचार यस्तो छ -
सातौ राष्ट व्यापी वर्कश क्लव भक्तपुरको आयोजनामा भक्तपुरमा सम्पन्न हुन गइरहेको भलिवल प्रतियोगितामा भाग लिनको लागि जिल्ला भलिवल टेनिङ सेन्टर बेनीबाट एक टोलि आज विहान काठमाण्डौ प्रस्थान गरेको छ। नेपालीका आठ टिमको सहभागिता रहेने उक्त खेलमा म्याग्दीको प्रतिनिधित्व गर्दै टिम प्रशिक्षक मुन्ना केसीको नेतृत्वमा सज्जन केसी, भुवन आचार्य, अनिश भण्डारी, राम श्रेष्ठ, किशोर चौधरी, खेम पुर्जा, मिलन मल्ल, गोविन चोचाङगे, बिजय बानियाँ, नविन जिसी, अच्युत श्रेष्ठ र किसान श्रेष्ठको टोलि प्रस्थान गरेको छ। उनिहरुलाइ म्याग्दी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश कुमार श्रेष्टले खादा पहिराइ बिदाइ गर्नु भएको थियो। अघिल्लो वर्ष राम्रो खेल प्रदर्शन गरेको जिल्ला भलिवल टेनिङ सेन्टरले चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो भने नेपाल पुलिस क्लबले पहिलो स्थान हासिल गरेको थियो। भलिबल टेनिङ सेन्टरले आफ्नो पहिलो खेल आर्मी सँग खेल्ने जनाईएको छ ।  म्याग्दी समाज समिति म्याग्देली खेलाडीहरुको सफलताको लागि हार्दिक कमना गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP