ठग्यो भाग्यले, क्षणभरमै चकनाचुर भयो सपना लिला बैनीको

October 24, 2011

भरत तुलाचन,
सुन्दर भबिष्यको सपनाको साथ म्याग्दी जिल्ला कुहुं गाबिसबाट गत ६ महिना अगाडी ईपिएस भीषा मार्फत कोरियाली भूमिमा आई कार्यरत २३ बर्षिय बैनी लिला राम्जालीले आज सोमबार गरिएको अप्रेशनबाट संधैको लागि दुबै हातको हत्केला गुमाउन पुगेकी छिन ।    चार सय डिग्रीको तापक्रम सहितको प्लाष्टिक कम्पनीको मेशिनमा च्यापिन पुगेको दुई हत्केला मध्यको एक हत्केला सम्म बच्न सक्ने झिनो आशा र डाक्टरहरुको १ हप्ताको प्रयास  समेत तुहिएको छ आज । आज गरिएको अप्रेशनको नतिजा अनुसार हातमा लगाईने ग्लोब अर्थात काम गर्दा लगाईने पन्जा सम्मको भाग काटिएको छ । अर्थात दुबै  हत्केलाको जोर्नी देखि २ सेन्टिमिटर माथि सम्म ।  
घटना कसरी भएको रहेछ ?
गत हप्ता अर्थात अक्टुबर  १७ तारिख सोमबारको दिन सदा झैं  प्लाष्टिकको सामान बनाउने  लगभग ५ वटा मेशिनमा कम्पनी मालिक,मालिक्नी लगायत अन्य सहकर्मी नेपाली साथीहरु संगै काम सुरु गरे । चार पांच जनाले काम गर्ने सो सानो कम्पनीमा तीन तीन मिटरको दुरीमा रहेको मेशिनमा आ आफ्नो शुरमा काम गरिरहेको अबस्थामा अकष्मात् लिला बैनी चर्को स्वरमा अइ्या आठ्ठो गर्न लागे पछि तुरुन्त कम्पनी मालिकले मेशिनबाट हात Read More....

निकाल्ने प्रयास गर्दै कम्पनीको बिजुलीको  मुख्य स्वीच अफ गरे । स्वीच अफ गरे पछि समेत बाहिर निकाल्न नसके पछि पुन: स्वीच अन गरेर मेशिन ब्याक घुमाउंदै  हात करिव ५ देखि ७ मिनेट भित्र  बाहिर निकालेर कम्पनीको छेवैमा  रहेको पूसान शहरकै नामुड अस्पतालमा पुर्याईएको थियो ।
के हुंदैछ क्षतिपुर्ति र दुर्घटना बीमाको लागि ?
हिजो आईबार म्याग्दी समाजका अध्यक्ष र म राजधानी सउल देखि कोरियाको सब भन्दा टाढा ( चेजु टापू बाहेक )  पूसान शहरमा करिव ५ घण्टको रेल यात्रा पश्चात पुग्यौं । अस्पतालमै कम्पनी मालिकलाई बोलाएर नेपालबाट बिरामीको आफन्त ( स्याहार सुसारको लागि ) बोलाउने, क्षतिपुर्ति आदिको बारेमा कुराकानी भयो ।  अति मिजाशिलो स्वभावका कम्पनी मालिकले लिलाको लागि जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको , उसको दुर्घटनाले मेरो आत्मा समेत जलिरहेको जस्ता भावपूर्ण  बिचारहरु  बिचार ब्यक्त गर्नु भएको थियो । त्यसको लगत्तै दुर्घटना बीमाको लागि सहयोग गरिरहनु भएका किम्हे शहर स्थित नेपाली चर्चका पास्टर यग्य राज सुबेदीज्यु संग उहांकै चर्चमा पुगि बिशेस सर सल्लाह गरिएको छ । उहांको अनुसार दुर्घटना बीमाको सम्पूर्ण प्रकृयाहरु अगाडी बढि सकेको बताउनु भएको छ ।




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP