२३ बर्षिय म्याग्देली चेलीको दुबै हात जाने नै भो, आज सोमबार अप्रेशन

October 23, 2011

गत ६ महिना अगाडी ईपिएस भीषा मार्फत कोरियाली भूमिमा आई कार्यरत ( नाम भोली सोमबार गरिने अप्रेशन पश्चात सार्वजनिक गरिने ) एक जना म्याग्देली चेली दुबैहातको हत्केला बिहिन हुने भएकी छिन । गत हप्ता आफू काम गर्ने कम्पनीको चार सय डिग्रीको तापक्रममा करिव १० मिनेत सम्म हात अड्किन पुगेपछि हातको पन्जा कामै नलाग्ने भएको हो । त्यस बाहेक पनि दुबै हातको २-२ औंलाहरु मेशिनले चुंडाली सकेको छ । अस्पताल श्रोटको अनुसार दुबै हातको २-२ औंलाहरु चुंडालिएता पनि चार सय डिग्री तापक्रमबाट जति सक्डो छिटो निकाल्न सकेको भए यति ठूलो दुर्घटना हुने थिएन ।  आज आईतबार म्याग्दी समाजका अध्यक्ष  सहितका प्रतिनिधिहरु पूसान स्थित अस्पतालमा पुगि बिरामी,कम्पनी मालिक संग जानाकारी लिई फर्किएको छ । बाकी खबर भोलि.........

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP