दुर्घटनामा परेकी म्याग्देली चेलीको अबस्था बुझ्न म्याग्दी समाजका प्रतिनिधिहरु पुसान जाने तयारी

October 19, 2011

गत हप्ता कम्पनी दुर्घटनामा परि शख्त घाईते बन्न पुगेकी पश्चिम म्याग्दीकी एक जना म्याग्देली चेली पुसान स्थित खाङडोङ अस्पातालमा रहेकी छिन । चोट लागेको दुबै हातमा ब्यान्डेज गरिनुको साथै दुखाई मत्थर गर्ने सुईको कारण बिरामीले कुनै दुखाईको महसुस गर्नु परेको छैन । तर अस्पतालले भने पर्सी शुक्रबार अप्रेशनको तयारी गरिरहेको जानकारीमा आएको छ । बिरामी संगको प्रत्यक्ष सम्पर्कमा आफूलाई खासै चोट नलागेको भान भएको र शारिरीक अबस्था समेत ठिक रहेको बताए । तर हातको औला हल्लाउन सकिन्छ कि भन्ने प्रश्नमा दुबै हातका औंलाहरु  नचल्ने बताए । प्रार्थना गरौं , अप्रेशनले ठूलो रुप नल्याओस । यसै क्रममा कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज समिति दक्षिण कोरियाका पदाधिकारीहरु राजधानी सउलबाट पूसान जाने तयारी भईरहेको थाहा भएको छ । बिरामीको पहिलो चरणको अप्रेशन पछिको स्थिति पश्चात कसरी अगाडी बढ्ने भन्ने बारे छलफल गरिने भएको छ । 


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP