खाराक सिजाङमा कार्यरत करिव १० नेपालीहरु धरपकडमा,म्याग्देली खेलाडीहरु समेत परेको अनुमान

October 7, 2009

राजधानी सउल स्थित खाराक सिजाङको प्रख्यात मासु कम्पनीमा कार्यरत करिव १० जना नेपाली आज सांझ ६ बजे तिर कोठाबाटै धरपकडमा परेको खबर छ । जस्मा मुन्जङ कल्बका अध्यक्ष लगायत टीम म्यानेजर राजु आले सहित केहि पदाधिकारीहरु धरपकडमा परेको खबर छ । धरपकडमा म्याग्देली कुशल खेलाडी भक्त तिलिजा सहित अन्य केहि संख्यामा परेको अनुमान छ । बिगत सात आठ बर्ष देखि कार्यरत कम्पनी मालिकले नै पोल हालेर कोठा कोठामा पक्रन पुगेको जानाकारीमा आएको छ । मजदूरले पाउनु पर्ने बिमा रकम सबै भुक्तान भैसकेको नक्कली कागजमा हस्ताक्षर गर्न नमानेकै कारण नेपाली दाजुभाईहरुले उक्त दुरदशा बेहोर्नु परेको कुरा म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवालले जानाकारी दिनु भएको छ । भाग्न सफल भनिएका २ जना म्याग्देलीलाई पनि अहिले भर्खर मोक्डोङ ईमिग्रेशन पुर्याएको खबर आएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP