म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

October 5, 2009

गत अक्टुबर २ तारिख सांझ शुभ बिजया दशमी तथा दिपावली र कोरियाको महान् पर्व छुसकको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्देली भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कोरियामा कार्यरत म्याग्देलीहरु बिच शुभकामना आदान प्रदान र उपस्थितिमा ईपिएस भिषा मार्फत कोरिया भित्रिएका नव आगन्तुक म्याग्देलीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । राजधानी सउलको छोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र एन आर एन कोरियाका नव नियुक्त अध्यक्ष तथा समाजका सल्लाहकार बिनोद कुंवरको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिहरुमा भुपु अध्यक्ष द्दय टेक बहादुर पुन र बिरु रोका ,सल्लाहकार तथा ब्यबसायी ओम नारायण जुग्जाली , खेलकूद अध्यक्ष राम खड्का रहनु भएको थियो । करिव २० जना नव प्रर्वेशीहरु सहित करिव ८० जना म्याग्देलीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा खेलकूद तथा सांस्कृतिक सचिव कर्ण पुनको स्वागत भाषण र सचिव भरत तुलाचनको संचालन रहेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP