म्याग्दी समाज समिति दक्षिण कोरियाले अक्टुबर २ तारिख भेटघाट कार्यक्रमको आयोजना गर्ने

September 22, 2009

भरत तुलाचन,सउल कोरिया
म्याग्दी समाज समिति दक्षिण कोरियाले महान् पर्व बिजया दशमी तथा शुभ दिपावलिको सुखद् अवसर पारेर म्याग्देली भेटघाट कार्यक्रमको आयोजना गरेको छ । राजधानी सउल स्थित चोङगाकमा रहेको दुर्गा ३ रेष्टुरेण्टमा आयोजना गरिने उक्त भेटघाट कार्यक्रममा कोरियाली भूमिमा रहि बिभिन्न पेशामा आबद्द सम्पूर्ण म्याग्देलीहरुलाई यसै सुचना मार्फत उपस्थितिको लागि अनुरोध गरिएको छ । साथै उक्त दिन म्याग्दी जिल्लाबाट ईपिएस मार्फत कोरिया आई पुगेका नव प्रबेशी म्याग्देलीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरिने कुरा म्याग्दी समाज समितिका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ ।
स्थान: दुर्गा रेष्टुरेण्ट ३ ( १ नं लाईनको चोङगाक श्टेशन ४ नम गेटबाट बाहिर निस्की दायां ३० मिटर )
मिति: २००९ अक्टुबर २ तारिख
समय: सांझ ६ बजे देखि ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP