सल्लाहकार तथा ब्यबसायी रबिन छन्त्यालबाट म्याग्दी भलिबल टीमको लागि ड्रेस उपलब्ध हुने

March 17, 2010

म्याग्दी समाजका सल्लाहकार तथा ब्यबसायी   रबिन छन्त्यालबाट आगामी मे महिनामा आयोजना हुने म्याग्दी कपमा म्याग्दी समाज  भलिबल टीमको खेलाडी ड्रेस उपलब्ध हुने भएको छ । म्याग्दी भलिबल टीमका खेलाडीहरुलाई ड्रेस सहयोग स्वरुप उपलब्ध गराई दिन आफू ईच्छुक रहेको कुरा  फोन मार्फत आज म्याग्दी समाज कोरिया ब्लगलाई जानाकारी दिनु भएको हो ।
 म्याग्दी जिल्लाको गुर्जा गाबिस निवासी ब्यबसायी रबिन छन्त्याल सन १९९१ ताका कोरिया आउनु भएको थियो । यतै घरजम गरि उंहा  हाल कोरियाको सुवन स्थित एक प्लास्टिक कम्पनीको मालिकको रुपमा चिनिनु हुन्छ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP