गुमेको बर्चश्वलाई फर्काउने आशामा म्याग्देलीहरु

August 1, 2010

btulachan                                
हामीले खासै सोचेका थिएनौ , मगर संघले आयोजना गरेको लखन थापा स्मृति कपमा हाम्रो टीम बिजयीको दाबेदार ठहर्ला भनेर ।  म्याग्देली खेलाडीहरुको नयां अनुहारको बाहुल्यता र अन्य बिबिध कारणले आयोजनामा यसपालि सहभागिता सम्म मात्रको सोंच बनाएका थियौ ।
 म्याग्दीले पहिलो खेलमा लभ ईन नेपाल टीमलाई हराउंदै वाईमा परेको बिजयीको दाबेदार टीम बाग्लुङ संग भिड्नु थियो । अन्तत: आयोजनाको सातौं खेलमा बाग्लुङ संग कडा भन्दा कडा प्रतिस्प्रर्धा भयो । खेलमा जीत हार हुन्छ नै तर सवाल कसरी हार्यो र जित्यो भन्नेको हो । क्रमश:
बाग्लुङ संगको खेलमा खेलाडीहरुको मनोबल बढाउन हुटिङको लागि ग्राउण्डमा उपस्थित सयौं म्याग्देलीहरुको जोडडार हुटिङले म्याग्देली खेलाडीहरुको खेल स्तरलाई अझ अगाडी बढायो । पहिलो सेट २६-२५ ले म्याग्दीले जित्यो र दोश्रो सेटमा २६-२५ ले बाग्लुङले जित्यो, अन्तिम तश्रो खेलमा बडो प्रतिस्प्रर्धात्मक रुपमा अगाडी बढ्दै जांदा २४-२२ ले बाग्लुङले बिजयी त बनायो तर बाग्लुङलाई यस प्रतियोगितामा म्याग्देली टीम फलामको च्युरा साबित भईदियो । ईपिएसबाट कोरिया भित्रिएका नव प्रवेशी र केहि पुराना म्याग्देली खेलाडीहरुको हिजोको खेल स्तरले कोरियामा रहेका म्याग्देलीहरुलाई आगामी दिनहरुको लागि  निक्कै आशा जगाईदिएको छ अझ भन्नु पर्दा थप हौशाईदिएको छ । त्यसकारण, कोरियामा हुने आगामी प्रतिस्प्रर्धाहरुमा गुमेको म्याग्देली वर्चश्वलाई पुन: कायम बनाउन हामी म्याग्देलीहरु सक्षम नहौंला र ?

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP