८ तारिख आईतबार आठौ कार्य-समितिको पांचौ बैठक बस्ने

August 5, 2010

btulachan,Seoul Korea
म्याग्दी समाज समिति दक्षिण कोरिया आठौ कार्य समितिको पांचौ बैठक यसै हप्ताको आईतबार बस्दैछ । सउल तोङदेमुन स्थित नाकसान डांडामा बस्न गईरहेको  उक्त बैठकमा महत्त्वपूर्ण निर्णयहरु हुन सक्ने जानाकारी प्राप्त भएको छ । मुख्यगरि बैठकमा बेनी बजार स्थित म्याग्दी अस्पतालमा  आकस्मिक कक्षको  निर्माण कार्यलाई मुर्त रुप दिन तयारी सम्बन्धि छलफल हुने जनाईएको छ । त्यसको अलावा समितिको अन्य भावी कार्यक्रमहरुको तय गरिने कुरा समाजका अध्यक्ष नर बहादुर पुन र उपाध्यक्ष नारायण बरुवालले आज जानाकारी दिनु भएको छ । यस महत्त्वपूर्ण बैठकमा उपस्थित हुन कार्यसमितिका पदाधिकारीहरु अनिवार्य उपस्थित हुन अनुरोध गर्दै  कोरियामा रहेका म्याग्देली साधारण सदस्यहरुलाई समेत उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । 
स्थान- नाकसान डांडा (सुरक्षाको कारण निश्चित स्थान बताउन नसकिने )
समय- दिनको १२ बजे ।
मिति-२०१० अगष्ट ८ आईतबार ।
थप जानाकारीको लागि- अध्यक्ष,उपाध्यक्ष र सचिव समक्ष जानाकारी लिन सक्नु हुने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP