आगामी सलनाल पर्वमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमको लागि कलाकार छनोट प्रकृया अगाडि

November 1, 2010

btulachan, Seoul Korea
कोरियाको महान पर्व सलनालमा म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपालबाट ख्याति प्राप्त कलाकारहरु ल्याई भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्नको लागि पहिलो चरणको तयारी सुरु गरेको  छ । गत छुसकमा नेपाल सम्पर्क समिति सक्षिण कोरियाको मातहतमा रहि नियमबद्द कार्यक्रमको आयोजना गर्ने गरि तयारीका साथ एन सि सीको भेलामा सहभागिता जनाई  दाबेदारी दर्ता गराईएपनि रोलक्रम अनुसार तेश्रो नम्बरमा पर्न गएकोले   आगामी २०११ को आगामी सलनाल पर्वमा  आयोजना गर्न पाउने  गरि खोताङ र आपत्कालिनलाई सहयोग गरेको  थियो ।
सोहि अनुसार यस पालिको सलनाल पर्वमा म्याग्दी समाजले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न पाउने लगभग निश्वित जस्तै भएकोले  हिजो आईतबार म्याग्दी समाज समिति आठौ कार्य समितिको सातौं बैठकले  आगामी सलनाल पर्वमा आयोजना गरिने कार्यक्रमको लागि यसै महिनाको १४ तारिख आईतबार एन सि सी भेलामा कार्यसमिति,सल्लाहकार सदस्यहरु लगायत सम्पूर्ण म्याग्देलीहरुले सहभागिता जनाउदै आफ्नो कार्यक्रमको बारेमा नियमानुसार पुन: दाबेदारी दिने निर्णय गरेको छ । साथै कार्यक्रमको लागि नेपालबाट ल्याईने कलाकारहरुको  छनोट प्रकृयालाई अगाडी बढाउन छनोट समिति चयन गरेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP