सलनालको पहिलो दिन तय भयो हाम्रो सांस्कृतिक कार्यक्रम

November 14, 2010

 हिजो आईतबार आगामी सलनाल पर्वमा कुन कुन संस्थाले नेपालबाट कलाकार ल्याई सांस्कृतिक कार्यक्रम गर्ने भन्ने निर्कयौल गर्न नेपाल सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको बृहत भेलामा सलनालको पहिलो दिन कार्यक्रम गर्ने गरि म्याग्दी समाज समिति दक्षिण कोरिया चयन भएको छ ।
बिभिन्न संस्थाका प्रतिनिधिहरु र आ आफ्नो संस्था संग सम्बन्धित प्रवासी नेपालीहरु गरि करिव १५० जना उपस्थित रहेको उक्त बृहत भेलामा म्याग्दी समाज, गोरखा,स्याङजा,बाग्लुङ,चितवन,लमजुङ,किरात याकथुङ, सुदुर पश्चिम गरि ८ वटा टीमले दर्ता शुल्क पांच लाख ओन सहित सांस्कृतिक कार्यक्रम गर्न पाउने दाबेदारी दर्ता गराएका थिए । जस्मा म्याग्दी समाज ,लमजुङ परिवार र किरात याकथुङ छनोटमा परेका छन ।  बिगतमा भन्दा छिटो समझदारीमा छनोट भएको  कार्यक्रममा सहभागि संघ संस्थाका अध्यक्षहरुले कार्यक्रम गर्नुको उद्देश्य र आफ्नो संस्थाको बिबरण सुनाएका थिए ।       
                           

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP