म्याग्देली सास्कृतिक सौगातको प्राय: सबै कलाकारहरु निश्चित

November 30, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनाल पर्वको पहिलो दिन आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक कार्यक्रमको लागि पप, लोक पप, रिमिक्स, लोक दोहोरी,हास्य गरि ६ जना कलाकार भित्र्याउने तयारी गरि रहेको छ । जसको लागि गत हप्ताका दुई आईतबार म्याग्दी समाजको कार्य समितिको बैठक बसि ६ जना कलाकारहरुको छनोट गरि छनोट गरिएका कलाकारहरु संगको  सम्पर्क कार्य समेत अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रममा सहभागि हुने कलाकारहरु प्राय: सबै नयां अनुहारका छन । यताबाट नेपालमा कलाकारहरु संग सम्पर्क गरिसकेको भएता पनि कलाकारहरु संग हुने अन्तिम सम्झौता पछि मात्र सम्पूर्ण कलाकारहरुको बारेमा यसै ब्लग मार्फत सार्वजनिक गरिने भएको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP