एक बर्ष १४ दिन अस्पताल बसेर आईतबार डिश्चार्ज भईन म्याग्देली चेली

November 8, 2010

 म्याग्दी जिल्लाबाट बैबाहिक भिषामा कोरिया आएकी २० बर्षिया म्याग्देली चेली  गत सालको अक्टुबर देखि लगातार कोरियाको आनसान शहर स्थित एक अस्पतालमा बसेर हिजो नोभेम्बर ७ तारिख आईतबार डिश्चार्ज भएकी छिन ।
अस्पतालबाट डिश्चार्जको खबर आएपछि म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुन र लुम्बिनी रेष्टुरेण्टका मालिक नरेन्द्र पुर्जा हिजो आईतबार अस्पताल पुग्नु भएको थियो । हाल ती चेलीलाई तोङदेमुन शहर स्थित म्याग्देली दिदी बहिनीहरु संगै राखिएको छ । अबोप्रान्त लामो समय सम्म  औषधि सेवन गरि राख्नु पर्ने अस्पताल श्रोटले बताए अनुसार  सोही अस्पतालमा औषधि भने लिन गई रहनु पर्ने छ । आगामी दिनमा ती बहिनीको सम्पूर्ण रेखदेख  म्याग्दी समाज समिति दक्षिण कोरिया र म्याग्देली दिदी बहिनीहरुको समूहले  गर्ने छ । पहिलो खबर हेर्न यहां जानुस

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP