म्याग्देली दिदी बहिनीहरुको हातबाट प्रवासी दाजुभाईहरुले टिका थापे

November 8, 2010

भरत तुलाचन
सम्भवत: कोरियाली भूमिमा पहिलो पल्ट  म्याग्देली दिदी बहिनीहरुले प्रवासी दाजुभाईहरुको सम्मानमा  आयोजना गरेको सामूहिक तिहार कार्यक्रम राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सफलताका साथ सम्पन्न भएको छ । दिदीबहिनीहरुले आफ्नो परम्परागत बिधि अनुसार पूजाआजाको काम  पूरा गरेपछि   प्रवासी दाजुभाईहरुलाई टिका र सयपत्री फूलको मालाले स्वागत गर्दै सेलरोटी लगायतका अन्य मिष्ठान्न परिकारहरु पस्किएका थिए । 
सम्झिएर टाढा टाढाबाट उपस्थित  भएका  दाजुभाईहरुलाई कुनै कुराको कमि हुन नदिन आयोजक दिदीबहिनीहरु जोडटोडका साथ लागिपरेका थिए । म्याग्देली दिदी बहिनीहरुले आयोजना गरेको यस सामूहिक तिहार कार्यक्रमले उपस्थित प्रवासी दाजुभाइहरुलाई मनग्य खानपिन र  मनोरन्जन गर्दै स्वदेशमा मनाईने तिहारको तिर्शणा मेटाईदियो । मध्यान्न १२ बजे देखि सुरु गरि सांझ ८ बजे समापन गरिएको तिहार कार्यक्रममा दाजुभाइहरुबाट संकलित   दक्षिणामा बचेको रकम एक बर्ष कोरियाली अस्पताल बसेर हालै डिश्चार्ज भई सउल आईपुगेकी बिरामी  चेलीको खाना र औषधीमा खर्च गरिने कुरा दिदी बहिनीहरुले बताएका छन । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP