बिगत एक बर्षदेखि उपचारार्थ आनसान शहर स्थित एक अस्पतालमा रहेकी म्याग्देली चेली आज डिश्चार्ज हुने भएकी छिन । डिश्चार्ज गरि सउल सम्म ल्याउन र थप जानाकारीको लागि म्याग्दी समाजका अध्यक्ष सहितको एक टोली आज अस्पताल तर्फ प्रस्थान गर्ने छ । सम्भवत: आज ती चेलीको डिश्चार्ज पछि राजधानी सउलको तोङदेमनु स्थित अन्य म्याग्देली दिदीबहिनीहरु संगै राखिने छ । ती चेलीको खानपिन , कोठा लगाएतका सम्पूर्ण ब्यबस्था म्याग्दी समाजले गर्ने निर्णय गत हप्ताको बैठकमा भईसकेको छ । बिगतमा प्रकाशित खबरहरु हेर्न यहां क्लिक गर्नुहोस