अस्पतालमा रहेकी म्याग्देली चेलीको स्वास्थ्यमा क्रमिक सुधार,बढिमा २ महिना भित्र डिस्चार्ज हुने संकेत

August 16, 2010

आन्सान स्थित अस्पताल- जहां म्याग्देली चेलीले १० महिना बिताईन

भरत तुलाचन
सायदै यहांहरुलाई याद हुन सक्छ गत साल अक्टुबर २३ तारिखको दिन ~ कोरियामा एक जना म्याग्देली चेलीको बेदना र ब्यथा~ शिर्षकमा (पूरानो खबर हेर्न यहां क्लिक गर्नुहोस) मैले यसै ब्लग मार्फत जानाकारी गराएको थिएं । जस्को ठीक १० महिना पश्चात आज यहांहरु समक्ष ती चेलीको स्वास्थ्य सुधारको बारेमा  जानाकारी दिन गईरहेको छु ।
अस्पतालले डिस्चार्ज गर्ने रे  भन्ने अपुष्ट खबरको आधारमा गत ८ तारिख आईतबार समितिको बैठकले म लगायत अध्यक्ष नर बहादुर पुन, लिम्बिनी रेष्टुरेण्टका संचालक नरेन्द्र पुर्जालाई अस्पताल गई ती बहिनीको बारेमा स्पष्ट बुझ्नको लागि जिम्मेवारी दिए अनुरुप १५ तारिख आईतबार मध्यान्ह १२ बजे अस्पताल पुगियो । (साथमा नेपाल मगर संघका अध्यक्ष खड्ग पुन पनि जानु भएको थियो । )  आनसान स्थित जंगलको बिचमा रहेको अस्पतालको रुम नम्बर २०१ मा रहेकी ती बहिनीले स्वास्थ्यमा निक्कै सुधार आएकोले बिगतमा जस्तो अनुहार नलुकाई हाम्रो उपस्थितिलाई हृदय देखि नै स्वागत गरिन् । अनुहार र जीऊभरि रहेको रातो डागले चिन्नै गाह्रो हुने ती बहिनीलाई यसपालि भने चिन्न खासै गाह्रो भएन । हाल अनुहारमा रहेको रातो डाग प्राय: सबै हटि सकेको छ ।   ती बहिनीको बारेमा हामीले अस्पतालमा सुरु देखि हाल सम्मको बिबरण र डिस्चार्जको बारेमा  जानाकारी लिने  प्रयत्न गरेका थियौं, जस अनुसार अस्पताल श्रोट भन्छ-
बिरामीको स्थितिमा क्रमिक सुधार आई रहेको भएता पनि  अझै कम्तिमा २ महिना अस्पतालमै बस्नु पर्ने र अस्पतालबाट डिस्चार्ज भए पश्चात पनि रातो डागलाई पूर्ण रुपमा हताउन कम्तिमा ५ बर्ष लगातार औषधी सेवन गर्नु पर्ने छ । अस्पताल उपचार खर्च पूर्ण रुपमा मिनाहा गरिने र डिस्चार्ज भए पश्चात हरेक महिना औषधी लिन अस्पताल आउनु पर्ने  छ । अस्पताल र  बिबाह गरेको घरको शासु (कोरियन) हाल सम्पर्कमा रहेको र पास्पोर्ट डिस्चार्ज हुने दिनमा ल्याई दिने बताएको जानाकारीमा आएपनि हामीले भिषा सम्बन्धि अप्ठ्यारो परिस्थितिको जानाकारी गराई पास्पोर्ट छिटो भन्दा छिटो उपलब्ध गराउनु पर्ने अडान राखेकोले हिजो सोमबार घरको शासु (कोरियन) संग सम्पर्क  गर्ने र सोहि अनुसार खबर गर्ने सहमति भएको छ । शासुले डिस्चार्ज भए पश्चात डिभर्स  गराईदिने  शंकेत दिएकोले कसरी अगाडी जान सकिन्छ भन्ने बारे सोचनिय बिषय बनेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP