कोरियामा म्याग्देलीहरुलाई दर्दनाक चोट दियो भाविले, आज राति एक जना होनहार ब्यक्ती गुमायौं

December 4, 2010

By Bharat Tulachan,seoul jegidong
समय बिहान ७:०० बजे
आंखाभरि आंशु लिएर यो अति दु:खको खबर लेख्दै छु, म्याग्देलीहरुलाई दर्दनाक चोट परेको छ ,बोल्ने र लेख्ने शब्दहरु छैनन .........................................................
म्याग्दी समाजका भुपु अध्यक्ष, समाज सेवी बिरु रोका ज्यु आज बिहान रहनु भएन भन्ने खबर आएको छ  । उहां हिजो सांझ काम गर्ने ठाऊं छुन्छन( सउल देखि २ घण्ट टाढा) मा खाना खाएर   साथीभाई संग संगै सुत्नु भएको थियो रे आज बिहान साथीभाईले उठाउंदा मृत अबस्थामा भेटिनु भएको खबर आएको छ ।
अपडेट बिहान ७:३०
अहिले लगातार सहयात्री साथीहरु चिन बुदुजा म्याग्दी र फक्त पुर्जा म्याग्दीसंग सम्पर्क भई रहेको छ - उहांहरुको अनुसार केहि समय अगाडि प्रहरी र ११९ को गाडी रुममा आएको छ ।
अपडेत बिहान : ८:०० बजे
अहिले ११९ को गाडीमा नजिकको अस्पतालमा चेकिङको लागि लगिदै छ । प्रहरीले साधारण सोधपूछ गरि सकेको छ ।  हामीले चेकिङ पश्चात राजधानी सउल ल्याउन  जोड गरिरहेका छौ ।  अहिले समाजका अध्यक्ष, एन आरएन अध्यक्ष ,एन सिसी अध्यक्ष संग कुराकानी भई रहेको छ ।
अपडेट बिहान ८:४५
साथीहरु अहिले छुनछन अस्पताल परिसरमा छन । पार्थिव शरिरको चेकिङ भईरहेको छ । २ जना बाहिर गाडीमा बसिरहेका छन भने १ जना भित्र प्रहरी सित संगै छन । छुन्छन प्रहरीले रिपोर्ट तयार पार्दै छ । हामीले अझै सउल ल्याउनु पर्नेमा जोड दिई रहेका छौं । नेपालको घरपरिवारमा खबर गर्नु पर्ने भावबिह्हल अबस्थामा खबर गर्ने आंट सम्म गर्न सकिएको छैन । काठमाडौ बस्नु हुने दिदी मार्फत खबर गर्ने तयारी भईरहेको छ । उता  पार्थिव शरिरलाई  सउल ल्याउने नल्याउने कुराको निश्वित अब केहि समय पश्चात हुनेछ । घरमा उहांको धर्मपत्नी,२ छोरी,बुवा आमा हुनुहुन्छ । ठूलो छोरी आईए पास गरेर पुन: यसपालि नर्शरीमा नाम निकाल्न सफल भई नर्शिङ  ज्वाईन भईसकेकि छिन । ११ बर्षकी सानी छोरी ५ कलासमा पढ्दै छिन । म्याग्दीको मुडी स्थाई घर भई  करिव १५ बर्ष अगाडी देखि  आफ्नो  परिवार पोखरा बसोवास गर्दै आउनु भएको थियो ।  उहां १९९२ सालमा कोरिया आई ६ बर्ष पछि नेपाल फर्कनु भएको थियो । डेढ बर्ष नेपाल बसेर रोजगारको लागि पुन: कोरिया आउनु भएको उहां पछिल्लो पटक कोरिया आएको पनि ८ बर्ष पूरा भएर नवौ बर्षमा चलि रहेको थियो ।
बिहान १० बजे,
रुम पार्टनर सहयात्री म्याग्देली साथीहरु चिन बुदुजा , फक्त पुर्जा र दलु पुर्जालाई छुन्छन प्रहरीले अबैध भएको आरोपमा अध्यागमणमा बुझाई दिएको खबर छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP