पार्थिव शरिर छुन्छनको शव गृहमा, सोमबार मात्र सउल ल्याईने, सहकर्मी अन्य ३ जना म्याग्देलीहरुलाई अध्यागमणमा बुझाई दियो

December 5, 2010

भरत तुलाचन,

मैले आज बिहान ६ बजे देखि लगातार हाम्रो भुपु अध्यक्ष  स्वर्गिय बिरु रोकाज्युको स्थिति बारे यसै बल्ग मार्फत लाईभ अपडेट गरेको थिए ।  त्यसपछि ९ बजे म्याग्दी समाजको आकष्मिक बैठक संचालनको लागि तोङदेमुन तिर लागें । भावबिह्हल म्याग्देलीहरु लुम्बिनी रेष्टुरेण्टमा एकाएक
 जम्मा भए । एनसिसी,एनआरएन र मगर संघर र थसेस अध्यक्ष ज्युहरुको प्रत्यक्ष उपस्थिति र म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा आकष्मिक बैठक  बिहान ९:३० देखि लगातार ४ घण्ट बस्यो । त्यतिखेर सम्म लगातार छुन्छन स्थित साथीहरु संग सम्पर्क भई रहेको थियो । करिव १० बजे स्वर्गिय बिरु रोका ज्युका सहकर्मी म्याग्देलीहरु भुपु सचिव फक्त पुर्जा,भुपु कोषाध्यक्ष चिन बुदुजा र म्याग्दी समाज खेलकूद समितिका सदस्य दल पुर्जालाई स्थानिय प्रहरीले अध्यागमणको जिम्मा लगाएको खबर आयो ।  मुर्छित म्याग्देलीहरुलाई थप चिन्तामा दुबाई दियो । बैठक स्थलबाटै छुनछन प्रहरी पोष्टमा सम्पर्क गरि लाश ल्याउन पाउने सम्बन्धमा सोधपूछ गर्दा कानूनी प्रकृया पूरा गर्नको लागि सोमबार सम्मको समय दिएको छ । त्यसकारण सोमबार सम्ममा लाशलाई राजधानी नजिकको तोङदेमुन नजिकको शब गृहमा सार्ने निर्णय भएको छ ।

नेपालमा घर परिवारलाई खबर पठाईयो, पार्थिव शरिरलाई  १० दिन पछि नेपाल पठाईने

कोरियामा भएको यस भावबिह्हल परिस्थितिलाई कसरी नेपालको परिवारलाई सम्पर्क गर्ने ? भन्ने छलफल पश्चात सिधै घरमा खबर दिन नसकिएकोले ( स्वर्गिय बिरु रोकाको दिदी काठमाडौ ) को फोन नम्बर पत्ता लगाईयो । मध्यान्ह ११ बजे तिर फोन सम्पर्क गरि उहांले नै सबै खबर पुर्याई दिनु भए पश्वात नेपालमा सम्पर्क गर्नु पर्ने काम पूरा भयो । नेपालमा भएको पुन सम्पर्क पश्चात परिवारको तर्फबाट लाशलाई जसरी तसरी नेपाल नै पठाईदिन अनुरोध गरिए अनुसार म्याग्दी समाजको आकष्मिक बैठकले एन सिसी अध्यक्ष देबित राई ज्युको सल्लाह अनुसार आगामी हप्ताको मंगलबार सम्ममा पार्थिव शरिरलाई नेपाल पठाउन सकिने भएको छ ।


भावविह्हल अनुहारहरु बिहान ९ बजे
आकष्मिक बैठकको शुरुवात  बिहान १० बजे

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP