कोरियामा रहेका प्रत्यक म्याग्देलीहरुबाट जनही पचास हजार ओन अनिवार्य उठाईने

December 5, 2010

अकष्मात निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार स्वर्गिय  बिरु रोकाको सहयोगार्थ कोरियामा रहेका म्याग्देलीहरुबाट जनही अनिबार्य पचास हजार ओन संकलन गरिने आजको आकष्मिक बैठकले निर्णय
 गरेको छ । तर पचासहजार भन्दा माथि दिन चाहाने शुभेच्छुकहरुलाई भने आफूखुशी गर्न भनिएको छ । चन्दा संकलनको लागि सजिलो होस भन्नाको खातिर म्याग्दी जिल्लालाई ६ भागमा बिभाजन गरिएको छ । जस्मा:
(१) उत्तरी भेग शिख,घार तथा वरपर -  नारायण बरुवाल
(२) पश्चिमी भेग दरबाङ वरपर -  भरत तुलाचन
(३) बेनी अर्थुङगे भेग वरपर - बाबुराम शर्मा,सुबाष श्रेष्ठ
(४) कुईने मंगले भेग-  रत्न छन्त्याल
(५)रत्नेचौर वरपर- गोबिन्द रावल
(६)पाखापानी वरपर- कर्ण जिसी
 संकलन गरिएको सहयोग स्वरुपलाई यसै ब्लग मार्फत नामावलि प्रकाशन गर्ने र यसै हप्ताको आईतबार सम्ममा सम्पूर्ण म्याग्देलीहरुले उक्त रकम अनिबार्य दाखिला गरि सक्नु पर्ने छ ।
चन्दा संकलन कार्य तिब्र रुपमा अगाडी, आजको चलचित्र प्रर्दशन कार्क्रममा ४३४,००० ओन संकलन गरियो
म्याग्दी समाजको आजको आकष्मिक बैठक पछि राजधानी सउलको चोङनो स्थित नेपाली चलचित्र प्रर्दशनी स्थलमा पुगेर सवर्गिय बिरु रोका सहयोग स्वरुप चन्दा बक्स मार्फत चार लाख चौतिस हजार ओन संकलन गरिएको छ । त्यस्तै अन्य जिल्लाका सुभेच्छुकहरुबाट समेत क्रमिक रुपमा सहयोग उपलब्ध गराई रहनु भएको छ । आजै गुल्मी सम्पर्कको तर्फबाट एक लाख ओन प्राप्त भएको छ ।आशा छ कोरियामा रहेका संघ संस्थाहरु र प्रवासी नेपालीहरुबाट म्याग्दी समाज र म्याग्देलीहरुलाई परेको यस दुखद घडीमा सहयोगको अपेक्षा गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP