चन्दा संकलन कार्य तिब्र रुपमा अगाडी, आजको चलचित्र प्रर्दशन कार्यक्रममा ४३४,००० ओन संकलन गरियो

December 5, 2010

म्याग्दी समाजको आजको आकष्मिक बैठक पछि राजधानी सउलको चोङनो स्थित नेपाली चलचित्र प्रर्दशनी स्थलमा पुगेर स्वर्गिय बिरु रोका सहयोग स्वरुप चन्दा बक्स मार्फत चार लाख चौतिस हजार ओन संकलन गरिएको छ । म्याग्दी समाजका अध्यक्ष
लगायतका पढाधिकारीहरुको टोलि र अन्य शुभेच्छुकहरुको संयुक्त प्रयासबाट  उक्त रकमा संकलन गरिएको हो । त्यस्तै अन्य जिल्लाका सुभेच्छुकहरुबाट समेत क्रमिक रुपमा  आर्थिक सहयोग उपलब्ध गराई रहनु भएको छ । आजै गुल्मी सम्पर्क समितिको तर्फबाट एक लाख ओन पठाईदिने वाचा त्यस संस्थाका अध्यक्षले गर्नु भएको  छ । आशा छ कोरियामा रहेका संघ संस्थाहरु र प्रवासी नेपालीहरुबाट म्याग्दी समाज र म्याग्देलीहरुलाई परेको यस दुखद घडीमा सहयोगको अपेक्षा गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP