पार्थिव शरिरलाई आगामी हप्ताको मंगलबार सम्ममा नेपाल पठाईने, छुन्छन शव गृहबाट शव भोलि मंगलबार राजधानी सउल ल्याईने

December 5, 2010

कोरियामा भएको यस भावबिह्हल परिस्थितिलाई  कसरी नेपालको परिवारलाई सम्पर्क गर्ने ? भन्ने छलफल पश्चात सिधै घरमा खबर दिन नसकिएकोले हिजो आईतबार मध्यान्ह ११ बजे तिर ( स्वर्गिय बिरु रोकाज्युको दिदी काठमाडौ ) को फोन नम्बर पत्ता लगाईयो । मध्यान्ह ११ बजे तिर फोन सम्पर्क गरि उहांले नै सबै खबर पुर्याई दिनु भए
 पश्वात नेपालमा सम्पर्क गर्नु पर्ने काम पूरा भयो । नेपालमा भएको पुन सम्पर्क पश्चात परिवारको तर्फबाट पार्थिव शरिरलाई जसरी तसरी नेपाल नै पठाईदिन अनुरोध गरिए अनुसार म्याग्दी समाजको आकष्मिक बैठकले एन सि सी अध्यक्ष देबित राई ज्युको सल्लाह अनुसार आगामी हप्ताको मंगलबार सम्ममा पार्थिव शरिरलाई नेपाल पठाउनको लागि तयारी गर्ने भएको छ । त्यस्तै छुन्छन प्रहरीको कानूनी प्रकृया पूरा गरि भोलि मंगलबार उहांको  पार्थिवलाई राजधानी सउल ल्याईने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP