म्याग्देली सांगितिक सौगातको सम्पूर्ण तयारी पूरा

January 31, 2011

 सलनालको पहिलो दिन अर्थात फेब्रुअरी २ तारिख बुधबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्देली सामगितिक सौगातको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रममा सहभागि हुने नेपालका चर्चित कलाकारहरुको टोलि १ तारिख दिउंसो  ईन्छन बिमान स्थलमा उत्रने छन ।  भोलि दिउंसो संस्थाका पदाधिकारीहरु  तथा  कोरिया स्थित  पत्रकारहरुका साथ कलाकारहरुको  टोलिलाई ईन्छन बिमान स्थलमा स्वागत गर्न जाने तयारी भईरहेको जानाकारीमा आएको छ । बिशेष गरि बिश्व
किर्तिमानी खगेन्द्र थापा मगरको लागि कोरियाली सरकारको तर्फबाट अंगरक्षक प्राप्त हुन सक्ने कुरा चर्चामा आएको छ भने कोरियाली पत्रकारहरुले सोधखोज गरिरहेको जानाकारीमा आएको छ । यता आयोजक म्याग्दी समाजले कार्यक्रमको लागि आबश्यक सम्पूर्ण  सामाग्रीहरु लगायत आबश्यक् भोलेन्टियर र कलाकार सुरक्षाको  ब्यबस्था समेत पूरा गरेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP