म्याग्देली सास्कृतिक सौगातका कलाकारहरु कोरियामा

February 1, 2011

उमेश बस्नेत सिओल
कोरियाको महान चाड सलनालको अबसरमा फेब्रवरी २का दिन म्याग्दी समाजले म्याग्दी जिल्ला अस्पतालको सहयोगार्थ म्याग्देली सास्कृतिक सौगातमा विश्व प्रशिद्द गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउन सफल खगेन्द्र थापा मगर सहित हास्य कलाकार दिपा श्री निरौला, नायिका ताथा नृत्यकार गरिमा पन्त, आधुनिक तथा पप गायक शिब परियार तथा अन्जना गुरुङ्ग लोक दोहोरि गायिका कृष्ण परियार कोरिया आईपुग्नु
भएको छ ।
हंगकंग हुदै उहाहरु कोरिया आउनु भएको हो उहाहरुलाई स्वागत गर्न म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुन उपाध्यक्ष नारायण बरुवाल, बिनोद कुँवर, लक्ष्मन् बोगटी, रबिन छन्तेल, ओम काउछा, नरेन्द्र पुर्जा, भक्त शेरचन, लगाएत जानु भएको थियो । विश्व प्रशिद्द गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउन सफल खगेन्द्र थापा मगरको उक्त कार्यक्रममा उपस्थती हुने भएको हुदा कार्यक्रम उत्कृस्ट हुने ठहराइएको छ । साथै कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरुमा म्याग्देली सास्कृतिक सौगातमा उपस्थती भैदिनुहुन म्याग्दी समाज हार्दिक अनुरोध गरेको छ ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP