म्याग्देली सांगितिक सौगात २०११ सम्पन्न

February 4, 2011

म्याग्देली सांगितिक सौगात भाग २ म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा राजधानी सउलको केबिएस फालफाल स्टुडियममा सम्पन्न भएको छ । कोरियाको महान पर्व सल्नालको पहिलो दिन आयोजना गरिएको उक्त म्याग्देली सांगितिक सौगात भाग २ मा नेपालबाट बिश्व किर्तिमानी खगेन्द्र थापा मगर सहित नेपालका चर्चित कलाकारहरुले सहभागिता जनाउंदै उत्कृष्ट प्रस्तुति प्रस्तुत गरेका  थिए  ।
दिनको २ बजे कोरियाका लागि नेपाली राजदूत महामहिम कमल प्रसाद कोईराला र म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनबाट संयुक्त रुपमा उद्घाटन गरिएको म्याग्देली सांगितिक सौगात भाग २ बिबिध मनोरन्जन पूर्ण बाताबरणमा सांझ ८ बजे समापन भएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP