कलाकारहरुको सम्मान र बिदाई कार्यक्रम सम्पन्न कलाकारहरु ४ तारिख स्वदेश फिर्ता

February 5, 2011

म्याग्देली सांगितिक सौगातमा भागलिन नेपालबाट कोरिया आई पुगेका कलाकारहरुको सम्मानमा ३ तारिख सांझ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।  म्याग्दी समाज समिति दक्षिण कोरियाले राजधानी सउलको छोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा  आयोजना गरेको उक्त बिदाई कार्यक्रम मार्फत  समाजका अध्यक्ष नर बहादुर पुनले सहभागि  कलाकारहरुलाई सम्मान पत्र र खाडा ओदयाएर सम्मान गर्नु भएको थियो । Read More...........
सयौं जना म्याग्देलीहरुको उपस्थिति रहेको बिदाई कार्यक्रम राती अबेर सम्म नाचगान र मनोरन्जनमय बनेको थियो । त्यस्तै कार्यक्रममा सहभागि सबै कलाकारहरु गत ४ तारिख बिहान ९ बजे हङकङ हुंदै स्वदेश फिर्ता फिर्ता भएका छन । कलाकारहरुलाई बिदाई गर्न समाजका अध्यक्ष ,सल्लाहकारहरु लगायत कार्य समितिका अन्य पदाधिकारी ईन्छन बिमान स्थल पुगेका थिए ।
                           

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP