रेशुङगा भलिबल खेलमा म्याग्दी समाजलाई दोश्रो पुरस्कार

February 7, 2011

btulachan,Seoul korea
गत ५ तारिख शनिबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको रेशुङगा भलिबल कप प्रतियो गितामा म्याग्दी समाज समिति दक्षिण कोरियालाई दोश्रो स्थान प्राप्त भएको छ । More...
खेलको पहिलो चरणमा गुल्मी बी लाई सजिलै पछि पार्दै सेमि फाईनलमा प्रबेश गरेको म्याग्दी समाजलाई सुदुरपश्चिम टीम भने फलामको च्युरा साबित भयो । क्वाटर फाईनलमा आश्चार्य रुपमा  बाग्लुङ टीमलाई पछारेको सुदुरपश्चिमले म्याग्दीलाई समेत सजिलै अगाडी बढ्न दिएन । सेमि फाईनलमा म्याग्दीलाई मुश्किलले पहिलो खेल जितेको सुदुरपश्चिमले दोश्रो खेल भने हल्का रुपमा म्याग्दीले पछि पार्यो ।
तर  १-१ अन्तर पछिको  फाईनलमा पुन: जाडुनै देखायो सुदुरपश्चिमले ।  म्याग्दीलाई १८- २२ ले पारेको फरकले  त फाईनल सम्म पुग्ने आशा लगभग समाप्त भईसकेको अबस्थामा पुन: म्याग्देली खेलाडीहरुले जाडुकै तालमा सुदुरपश्चिमलाई ब्लग गर्दै फाईनल प्रबेश गर्यो । तर फाईनल खेलमा गुल्मी ए  माथि बिजय गर्न  सक्ने लगभग निश्चित भईसकेको समय अर्थात अन्तिम फाईनल गेममा १९- २३ ले अगाडी बढेपनि गुल्मीले म्याग्दी माथि जाडुकै तालमा ढावा बोल्दै २४-२४,२५-२५ पुर्याएर अन्तिम बल म्याग्देली ग्राउन्डमा बज्रिन पुगेपछि प्रथम हुने म्याग्देली आशालाई तुहाईदियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP