१३ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने

February 9, 2011

म्याग्दी समाज समिति दक्षिण कोरिया कार्य समितिको बैठक यसै हप्ताको १३ तारिख आईतबार बस्ने भएको छ । राजधानी सउलको तोङदेमुन शहरमा बसिने बैठकको  बैठक स्थल भने खुलाईएको छैन । गत फेब्रुअरी २ तारिख आयोजना गरेको म्याग्देली सांगितिक सौगात आयोजना पश्चात पहिलो पल्ट कार्यसमितिको बैठक बस्न लागेको हो । उक्त दिनको बैठकले कार्यक्रमको हिसाब किताब तथा अन्य बिबिध बिषयमा छलफल गरिने जनाईएको छ । बैठकमा उपस्थित हुन कार्य समितिका सम्पूर्ण पदाधिकारी सल्लाहकारज्युहरु तथा म्याग्देली साधारण सदस्यहरुमा हार्दिक अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP