म्याग्देली सांगितिक सौगातका कलाकारहरुको बिदाई, सउल देखि एअरपोर्ट सम्म

February 10, 2011

गत ३  तारिख सांझ ८ बजे देखि कलाकार बिदाई कार्यक्रमको सुरुवात गर्ने गरि तयारी गरिरहेको भएतापनि दिनभर कलाकारहरुलाई कोरियाको रमणिय भ्रमण स्थलहरुमा घुमाउन र सांझ ५ बजे देखि सुरु भएको सपिङले निश्चित समय भन्दा ३ घण्ट ढिलो गरि रातको ११ बजे देखि औपचारिक रुपमा बिदाई कार्यक्रमको शुरुवात गरियो । त्यतिन्जेल सम्म कार्यक्रम स्थल दुर्गा रेष्टुरेण्टमा म्याग्देली तथा गैर म्याग्देली गरि करिव १०० जना Read More.....
जतिको उपस्थितिले रेष्टुरेण्टको हल लगभग खचाखच भरिएको थियो । कार्यक्रममा कलाकारहरुको सम्मान लगायतका औपचारिक अन्य कार्यक्रमहरुको समाप्ति पछि गायक गायिकाहरुको  प्रस्तुतिले दुर्गा  रेष्टुरेण्टको हल नै थर्काईदियो । लगभग रातको ४ बजे सम्मको लाईभ मनोरन्जन पश्चात कलाकारहरुलाई बिबिध गिफ्टहरु प्रदान गर्दै बिदाई कार्यक्रमको समापन गरियो । बिहान ६:३० बजे कलाकारहरुलाई एअरपोर्ट सम्म बिदाई गर्न म्याग्दी समाजका अध्यक्ष,सल्लाहकारहरु लगायत कार्य समितिका पदाधिकारीहरु ईन्छन बिमान स्थल सम्म पुगेका थिए ।





  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP